चितवनमा पाटे बाघ मर्यो

चितवन– चितवन राष्ट्रिय निकुञ्जको राप्ती किनारछेमा पर्ने जर्नेलीघाटमा एउटा दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।

शुक्रबार करीब १३ वर्षको वयस्क भाले बाघ पानीमा डुबेको अवस्थामा मृत फेला परेको निकुञ्जले जनाएको छ ।

मृत बाघको शरीरमा चोटैचोट भेटिएकाले अर्को भाले बाघले आक्रमण गर्दा सो बाघको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले जानकारी दिए।

राप्ती नदीमा माछा मार्न गएका स्थानीयवासीले मृत अवस्थामा बाघलाई देखेपछि निञ्कुजलाई खबर गरेका थिए।
सन् २०१८ मा भएको राष्ट्रिय बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए।

गणना भएयता चितवनमा योसँगै दुईवटा बाघको मृत्यु भइसकेको निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए।

Facebook Comments