तस्वीरमा हेर्नुहाेस् प्रधानमन्त्रीले उदघाटन गर्ने ‘पानी जहाज’ कार्यालय

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्ने भएका छन् ।
भारतले गण्डकी नदी हुँदै नेपाली सीमासम्म पानी ल्याउने भएपछि नेपालमा पानी जहाज कार्यालय बनाउन लागिएको हो।

ललितपुरको एकान्तकुनामा रहेको चक्रपथ सुधार आयोजनाको कार्यालयलाई सरसफाइ गरी पानी जहाज कार्यालय बनाइएको छ ।

प्रधानमन्त्रीले विहीबार उक्त कार्यालयको उद्घाटन गर्ने भएपछि अहिले धमाधम सरसफाइ तथा अन्य व्यवस्थापनको कार्य भइरहेको छ ।

गत चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा भारतले नेपालाई समुन्द्रसम्मको पहुँच दिने समझदारी भएको थियो ।

सरकारले गत जेठमा जलमार्गको अध्ययन गर्न जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा उर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधिलाई राखेर समिति बनाएको थियो ।

उक्त समितिले नेपालमा पानी जहाजले गति लिने बताएपछि प्रधानमन्त्रीको पानी जहाज सपनाले सार्थकता पाएको हो । हाकाहाकीकर्मि अमिष रेग्मी बुधबार सो कार्यलय पुग्दा सरसाफाईको काम धमाधम भैरहेको थियो ।

Facebook Comments