रिङराेडमा फल्न थाले लसुन, प्याज


काठमाडाैँ
– चक्रपथकाे कलंकी–काेटेश्वर सडकखण्ड अन्तर्गतकाे  बागडाेलमा रूख राेप्न खुला छाडिएकाे किनारामा तरकारी फल्न थालेकाे छ ।

सडक राम्राे बनेपनि किनारालाई अलपत्र छोड्दा स्थानीयले खुला स्थानकाे उपयाेग गर्दै  तरकारी रोपेका छन्।

बागडोलको आकाशे पुल नजिकै रहेको उक्त स्थानमा लसुन, प्याजलगायतका तरकारी रोपिएको छ। त्यसको गोडमेल स्थानीयले गरिरहेका छन् ।

चक्रपथ निर्माणका क्रममा सडक किनारामा रुख रोप्ने भनिएपनि नरोपिएपछि स्थानीयले तरकारी रोपेका हुन्।

Facebook Comments