थाहा पाउनुहोस् वनको अवस्था

काठमाडौं–नेपालमा कुल भुभागको ४४ दशमलव ७४ प्रतिशत वन क्षेत्र रहेपनि अतिक्रमण घट्न सकेको छैन।

वन तथा वातावरण मन्त्रालयका अनुसार जसमध्ये १ लाख हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा छ।

नेपालमा सामुदायिक वन, कवुलियती वन, साझेदारी वनमार्फत् समूह गठन भएर संरक्षणको काम भइरहेको छ। यसबाहेक कुल भूभागमध्ये २३.३९ प्रतिशत भाग संरक्षित अवधारणामा छ। जहाँ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षित क्षेत्र छन्।

Facebook Comments