पानी जहाज कार्यालयकाे याेजना यस्तो छ (भिडियो कुराकानी)

काठमाडौँ – २ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका पानी जहाज कार्यालयले आफ्नो काम शुरु गरेको छ ।
ललितपुरको एकान्तकुनास्थित तत्कालिन चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानी जहाज कार्यालय बनाएपनि आयोजनाका कर्मचारीले नै पानी जहाज कार्यालयको काम गरिरहेका छन् ।

१३ जना कर्मचारीको दरबन्दी रहेको पानी जहाज कार्यालयमा कर्मचारीको पदपूर्ति नभए पनि विस्तारै काम अगाडि बढाउने कार्यालयका प्रमुख अमृतमणि रिमाल बताउँछन्।

तत्कालिन चक्रपथ सुधार आयोजनका सूचना अधिकारी निरञ्जन शर्मा अर्याललाई प्रवक्ता तोकिएको पानी जहाज कार्यालयले पहिलो चरणमा नेपालका कुन कुन नदीमा पानी जहाज चल्छ त्यसको संभाव्यता अध्ययन गरिरहेको उनको भनाइ छ।

नेपालमा समुन्द्र नभएपनि नेपालका नदीलाई जहाज चल्ने बनाउन सकिने उनको दाबी छ। पानी जहाज कार्यालयको स्थापनापछि के के काम भइरहेको बुझ्न कार्यालय पुगेका हाकाहाकीकर्मी शालिक भट्ट र अमिष रेग्मीसँग कुरा गर्दै उनले सबैले सकारात्मक सोचाइले नै विकास हुने भएकाले पानी जहाजको काम पनि विस्तारै अगाडि बढ्न बताए।
उनीसँगको कुराकानी हेर्न तल क्लिक गर्नुहोस्

Facebook Comments