ओखर बगैँचाका लागि छ हजार बिरुवा

बैतडी–जिल्लामा ओखर बगैँचा स्थापनाका लागि छ हजार बिरुवा वितरण गरिएको छ।

कृषि ज्ञान केन्द्रले स्थानीय तहको समन्वयमा ओखरका बोटबिरुवा वितरण गरिएको जनाएको छ । एक किसानलाई एकसय बोटका दरले अनुदानमा ती विरुवा वितरण गरिएको केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए।

सबैभन्दा बढी सिगास गाउँपालिकाका विभिन्न वडा, पाटन नगरपालिको सिद्धेश्वर र सिद्धपुर, दशरथचन्द नगरपालिकाको ग्वाल्लेकमार सुर्नया गाउँपालिकामा ती बिरुवा वितरण गरिएको थियोे।

ओखर उत्पादनका लागि उपयुक्त यस जिल्लाको वातावरण उपयक्त भएको र ओखरखेती आम्दानीको स्रोत बन्नसक्ने भएकाले यसबाट किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले ती बिरुवा वितरण गरिएको सुख्खा फलफूल विकास केन्द्रका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्नाको भनाइ थियो ।

यस जिल्लाको ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफल जमीनमा ओखरको बगैँचा स्थापना गर्न लागिएको हो। ओखरका बिरुवा किसानलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानीमा उपलब्ध गराइएको उक्त केन्द्रले जनाएको छ। बजारमा ओखर प्रतिकेजी रु ६०० देखि रु ८०० मा बिक्री हुन्छ। केहीवर्ष यतादेखि सतबाँझमा स्याउ फल्न छाडेकाले त्यसको विकल्पमा ओखरखेती गर्न थालिएको छ। रासस

Facebook Comments