खानेपानी संस्थानलाई सशक्त बनाउन मन्त्री मगरको निर्देशन

काठमाडौं– खानेपानी मन्त्री बिना मगरले नेपाल खानेपानी संस्थानलाई व्यावसायिक हिसाबले सशक्त र सुदृढ बनाएर लैजान निर्देशन दिएकी छिन्।

नेपाल खानेपानी संस्थानको ३० औं वार्षिकोत्सवमा मन्त्री मगरले खानेपानी संस्थानको गरिमालाई अझ उचाईमा पु-याउन नयाँ कार्ययोजना सहित अघि बढ्न सबैलाई आग्रह गरिन्। ‘संस्थानले आफ्नो उपस्थिति बजारमा एक छत्र बनाओस्।

यहाँहरु सबैले सामान्य कार्ययोजना होईन, ठूलो सपना देखेर अघि बढ्नुहोस्,’ उनले भनिन्, ‘संस्थानको कर्मचारी हुँ भन्नेमा गर्वानुभूति हुने गरी काम गर्नुहोस्।’ संस्थानले आफ्नो भूमिकालाई बजारमा प्रभाव पार्ने गरी काम गर्न उनले सबैमा आग्रह गरिन्।

Facebook Comments