शुक्लामा यसरी चर्दैछन् बाह्रसिंगा र हरिण

काठमाडौं–मुलुकको कान्छो निकुञ्ज अर्थात् शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, जुन बाह्रसिंगाका लागि प्रख्यात छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका बाह्रसिंगे । तस्वीरः शेरबहादुर सिंह–रासस

कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा रहेको यो निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर पाइन्छन्। सन् २०१३ मा यस निकुञ्जमा २ हजार १ सय ७० वटा बाह्रसिंगा गणना गरिएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका हरिणको बथान । तस्वीरः शेरबहादुर सिंह–रासस

निकुञ्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ, भने बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । यस निकुञ्जको ३० प्रतिशत भाग घाँसे मैदानले आगटेकाले पनि वन्यजन्तुलाई चर्न सहज हुने गरेको ठानिन्छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका बाह्रसिंगे । तस्वीरः शेरबहादुर सिंह–रासस
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदानमा देखिएका हरिणको बथान । तस्वीरः शेरबहादुर सिंह–रासस
Facebook Comments