पत्रपत्रिकामा आज : चर्पी मासेर पसल, वनमा होली र बाँदर नियन्त्रण गर्न स्थानीय प्रविधि

काठमाडौं – आजका दैनिक पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापेका छन् ।

नागरिक
सिन्धुपाल्चोक सेलाङमा भूकम्पबाट विस्थापितहरुले एकीकृत बस्ती ठड्याउँदै गरेको समाचार छ । एकीकृत बस्ती ठड्याउँदै विस्थापित भन्ने शिर्षकमा ध्रुव दङ्गालले सो खबर लेखेका छन् ।

भूकम्पबाट थातथलो छोडेर यहाँ विस्थापित जीवन गुजारीरहेका पीडितहरुका लागि साढे दुई महिनादेखि एकीकृत बस्ती पुनर्निर्माणको काम भइरहेको सेलाङका एकीकृत बस्ती विकास समितिका संयोजक सोबले तामाङले बताए ।

उनकै नेतृत्वमा स्थानीय काफ्लेडाँडामा १९ घरधुरीको एकीकृत बस्ती ठडिइरहेको छ।
एकीकृत बस्ती बसाल्न दाता अक्सफामले एक करोड ३० लाख रुपैयाँ सहयोग गरेको साझेदार जनहितका कार्यकारी निर्देशक राजेन्द्र शर्माले जानकारी दिए। उनका अनुसार बस्तीमा १७ तामाङ र दुई दलित परिवार बस्नेछन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्वीकृति दिएसँगै जुगल गाउँपालिकाले निर्माणस्थलसम्म पुग्ने सडक ट्र्याक खनिदिएपछि पुसदेखि बस्ती निर्माण थालिएको हो।

सेपगाउँको जमिन भूकम्पले चर्काउनुका साथै पहिरोसमेत निम्त्याएपछि असुरक्षित महसुस गर्दै पीडित २०७२ वैशाख १५ गते काफ्लेडाँडामा विस्थापित भएका थिए।

हिमाली गाउँ सेलाङ भूकम्पबाट विस्थापित भएका पीडितहरूको सबैभन्दा ठूलो आश्रय शिविर थियो। यहाँको बाँसखर्क, काफ्लेडाँडा र आसपासमा सुरुमा ५ सय पीडित परिवारको शिविर थियो।

पुनःस्थापनामा बेवास्था हुँदै गएपछि पीडितले शिविर छोड्दै गए। केही सुरुमा छोडेको जोखिमस्थलमै फर्के भने केहीले अन्यत्र घडेरी किनेर पुनःस्थापित भए।

एकीकृत बस्ती बसाल्न लागेको काफ्लेडाँडाका पीडितसहित बाँसखर्क क्षेत्रमा अझै विस्थापित ६० पीडित परिवार आश्रित छन्। उनीहरू अझै अस्थायी शिविरमा कष्टकर दैनिकी चलाउँदै आएका छन्।

राजधानी
वनमा होली, एकअर्कालाई रंगअबिर दले शिर्षकमा जनकपुरधामबाट सुजीतकुमार झाले राजधानीमा खबर लेखेका छन् ।
वनमा वा जंगलमा होली पनि हुने गर्छन भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर यो सत्य नै हो ।

जनकपुरधाम क्षेत्रको प्रसिद्ध धार्मिक स्थल कञ्चनवनमा परिक्रमा डोला पुगेपछि त्यहाँ सहभागिहरु एकअर्कालाई रंग अबिर दलेर होली खेलेका छन । सो स्थलमा के बाबाजी के महिला पुरुष सबै होलीमा रमेको थियो ।

परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको साँस्कृतिविद डा. भोगेन्द्र झा बताउँछन् । सोे होलीमा जनकपुरकधामका अधिकांश मठ मन्दिरक महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रसँ आवद्ध व्यक्ति सहभागि हुने गरेको स्थानीयवासीहरु बताउँछन ।

यति रंग अविर हुने गर्छकी पुरै जंगलनै केहीदिनका लागि रंगिन हुन्छन् । रामनगरवाली नाउँका महिला भन्छिन्, ‘हामीहरु कञ्चनैवनमा नै होली खेल्ने गर्छौँ , पूर्णिमाका दिन पुवा पुरी मात्रै खाने गरेको छौँ ।’

धार्मिक मान्यता अनुसार त्रेता युगमा भगवान राम जानकी चारैभाई र चारै वहिनीसंगै कञ्चनवनमा होली खेलाएका थिए । त्यसैको समझनामा कञ्चनवनमा होली खेलाइने परम्परा रहेको छ ।

जनकपुरधामको हनुमान नगरबाट परिक्रमा डोलासहित निकलेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडैई, धु्रबकुण्ड घुमेर कञ्चन वन पुगेको थियो ।

अन्नपूर्ण पोष्ट
अन्नपूर्ण पोष्टमा बाँदर नियन्त्रण गर्न स्थानीय प्रविधि शिर्षकमा माया अधिकारले कुस्माबाट खबर लेखेकी छिन् ।
पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ ।

बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनाँैको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो ।

शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परिचालन गरी स्थानीय प्रविधिबाट बाँदर नियन्त्रण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार यो प्रविधि थोरै जनशक्तिबाट पनि बाँदर नियन्त्रणमा लिन सकिने खालको छ । बिहीबार मात्रै २१ बाँदर नियन्त्रणमा लिइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यसअघि झण्डै साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएकामा फेरि नियन्त्रण गर्न थालिएको हो । बिहीबार पहिलोपटक शुरुआत गरिएको स्थानीय प्रविधि सफल भएको बाँदर नियन्त्रण तथा स्थानान्तरण समितिका अध्यक्ष सरस्वती अधिकारीले जानकारी दिइन् ।

स्थानीय व्यक्तिबाटै बाँदर नियन्त्रण गर्न सकिने भएपछि अब जतिबेला बाँदरको सङ्ख्या बढ्छ त्यतिबेला नियन्त्रण गरिहाल्न सकिने अधिकारीले बताए ।

बाँदरले बालीनाली सखाप पारेको गुनासो चुलिएपछि गाउँपालिकाले अभियान नै चलाएर बाँदर समाउन थालेको हो । चालू आर्थिक वर्षको कात्तिक महीनासम्म नियन्त्रणमा लिइएका ३३० बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पु¥याइएको र फेरि समाएर खोरमा जम्मा गर्न थालिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँपालिकाले बाँदर नियन्त्रणका लागि चालू आर्थिक वर्ष २०७५र ७६ मा रु १५ लाख विनियोजन गरेको थियो । गाउँपालिकाको उक्त अभियानले स्थानीय कृषकलाई ठूलो राहत मिलेको छ ।

पालिकाअन्तर्गत भोक्सिङ, लुङ्खु, बालाकोट, पाखापानी, फलामखानी र होश्राङीमा बाँदरले मकै, कोदो, गहुँ, धान, फलफूल र तरकारी बाली सखाप पार्ने गरेकामा अहिले धेरै कम भएको स्थानीयवासीले बताएका छन् ।

कान्तिपुर
–आजको कान्तिपुरमा चर्पी मासेर पसल शिर्षकको समाचार छ । राजेन्द्र मानन्धरले लेखेको समाचारमा काठमाडौं महानगरको २२ नम्बर वडा क्षेत्रमा चर्पी मासेर पसल थापिएको उल्लेख छ ।

काठमाडौं महानगर २२ स्थित वडा कार्यालयलाई एउटा पिरलो छ, बढ्नुपर्ने चर्पीको संख्या घटदै गएकामा । ‘राजधानीको पनि राजधानी’ भनिने महानगरको न्युरोड क्षेत्रमा शौचालय घटदै जानु घर संख्या घटदै गएकाले होइन । मानिसको आवतजावत घटेको पनि होइन ।

दिनको समयमा झन मानिसको आवतजावत बढे पनि चर्पीको संख्या भने किन घटयो भन्ने कारण वडा कार्यालयले खोज्न थाल्यो । ‘खोज्दै जाँदा चर्पी भत्काएर त्यसका ठाउँठाउँमा पसल राख्न थालिएको पाइयो,’ वडाध्यक्ष चिनीकाजी महर्जनले भने, ‘जस्तो कुनामा पनि पसल भाडामा लाग्न थालेपछि चर्पीहरू मासिनथालेका हुन् ।’

०६८ को जनगणनाअनुसार काठमाडौं महानगरभित्र २ लाख ५४ हजार घर छन् । फ्लससहितको शौचालय संख्या २ लाख ३४ हजार छन् । सामान्य शौचालय १७ हजार र अन्य २ हजार शौचालय छन् । ७ वर्षअघि गरिएको गणनाभन्दा अहिले शौचालय संख्या बढदै गए पनि न्युरोडको वडा २२ मा भने घटदो छ । उक्त वडाको भूगोलपार्कमा सार्वजनिक शौचालय थियो ।
महानगरको लक्ष्य सहर र व्यस्त क्षेत्रमा शौचालयको संख्या बढाउनेछ । ‘स्मार्ट शौचालय अभियान’ अन्तर्गत यसै वर्ष विभिन्न क्षेत्रको सहकार्यमा २ सयभन्दा बढी सुविस्तायुक्त चर्पी बनाउने कार्य अघि वढाइएको छ ।

भएकालाई स्तरोन्नति गर्न थालिएको छ । न्युरोड क्षेत्रमा भने शौचालय घटदै गएको वडा कार्यालयको व्यवसाय दर्ता अभिलेखबाट खुल्छ । ‘यहाकक घरभित्रको एउटा चर्पी नासेर भाडामा दिए तुरुन्तै २५र३० हजार आइहाल्छ,’ वडासदस्य चन्द्रलाल तुलाधर भन्छन्, ‘घरभित्रको चर्पी राख्ने नराख्नेबारे वडाले कदम चाल्न मिल्दैन । तर पनि सकेसम्म त्यसो नगर्न सम्झाएर पठाउँछौँ ।’

उक्त वडाभित्र २ हजार घर छन् । सबै घरका छिँडीदेखि छतसम्ममा पसलै पसल छन् । घरका पेटी, घरभित्रको बाटो, र्भयाङको च्यापदेखि बार्दली र छतसम्म पसल हुन्छन् ।

कुनै पनि साना कुनाकाप्चा खाली देखियो कि पसल राख्ने योजना बनिहाल्छ । वडासदस्य रश्मिला मल्ल भन्छिन्, ‘शौचालय नहुककदा पुरुषलाई भन्दा महिलालाई बढी समस्या पर्छ । सकेसम्म शौचालय नमास्न अनुरोध गरिरहेका छौँ ।’

वडा कार्यालयका कर्मचारीहरूको भनाइमा अति नै साना क्षेत्रफलमा व्यवसाय दर्ता गर्न आएपछि अर्को एउटा शौचालय नासियो भन्ने शंका हुन्छ ।

सोध्दा शौचालय नचाहिने भएपछि त्यसलाई भत्काएर पसल बनाइएको बताउने सेवाग्राहीको जवाफ आउने वडाध्यक्ष महर्जनको भनाइ छ । अहिले न्युरोडका अधिकांश घरहरूका छिडीका चर्पीहरू भत्किसकेको वडा कार्यालयको अनुमान छ ।

लोभलाग्दो भाडा आउने हुककदा पूरै घर भाडामा दिएर घरधनीहरू भीडभाड नहुने खुला ठाउककमा घर बनाएर सरिरहेका छन् ।

एउटा घरमा आवश्यकता पूर्ति गर्न केही शौचालय राख्ने मात्रै चलन आएको वडासदस्य अनिल हाडा बताउँछन् । सय पसल भएको एउटा घरमा १–२ वटा मात्रै शौचालय बाँकी राखिएको हाडाले अनुमान गरे ।

हाल मासिएको उक्त ठाउँमा काठमाडौंका कलाकृति झल्कने शौचालय बनाउने नक्सा तयार भइसकेको वडाध्यक्ष महर्जनले जानकारी दिए । सांसद क्षेक्र विकास कार्यत्रमको १ करोड विनियोजन भइसकेको र आवश्यकताका आधारमा रकम थप्न सकिने उनले जानकारी दिए ।

शौचालयको संख्या बढाउन, स्तरोन्नति गर्न र सहरलाई वातावरण मैत्री बनाउन तत्काल सार्वजनिक स्मार्ट शौचालय बनाउने कार्यक्रम ल्याइएको काठमाडौं महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ बताउँछिन् ।

व्यावसायिक भवन र निजी घरहरूलाई व्यवस्थित सेफ्टी ट्यांकीसहित निर्माण गर्न नगरपालिकाको मापदण्ड छ ।

Facebook Comments