काठमाडौँ–महानगरीय प्रहरी परिसर काठमाडौँले सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टोखा नगरपालिका–४ साईवावा चोकबाट नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भएका २४ वर्षीय विकाश बुढाथोकी रहेका छन्। उनलाइ सालकको खपटा १ थान सहित शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो।
टोखा नगरपालिकामा केही व्यक्तिले सालकको खपटा ओसार पसार गर्दैछन् भन्ने सूचना प्राप्त हुनासाथ प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका बुढाथोकीलाई खानतलासी गर्दा झोलाभित्र प्लास्टिकले बेरिएको अवस्थामा उक्त खपटासहित फेला पारी पक्राउ गरेको जनाएको छ।
बुढाथोकीलाई कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार पठाएको प्रहरीले बताएको छ ।