वैशाखदेखि तीन सय विद्युतीय बस गुड्छन् : मन्त्री महासेठ

सोमवार, पुस १६, २०७५

काठमाडौं–भौतिक पूर्वाधार तया यातायातमन्त्री रघुवीर महासेठले सरकारले खरिद गर्ने भनिएका तीन सय वटा विद्युतीय बस आगामी वैशाखदेखि गुड्ने दाबी गरेका छन्।

६ पुसको मन्त्रिपरिषद्को बैठकले ‘नेपाल सरकारले आफ्नै लगानीमा कम्तिमा ३ सय वटा विद्युतीय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिएको’ मा मन्त्री महासेठले १ वैशाखदेखि काठमाडौँ उपत्यकामा विद्युतीय बस गुड्ने बताएका हुन्।

प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा उनले भने, ‘देशभरी नै विद्युतीय बस चलाउने सरकारको योजना छ, त्यसको शुरुवात काठमाण्डौ उपत्यकाबाट हुँदैछ।’

गठनको तयारीमा रहेको यातायात प्राधिकरणमार्फत् विद्युतीय बस खरिद गर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले यसअघि नै बताइसकेका छन्।

मन्त्री महासेठका अनुसार विद्युतीय बसमा निजी क्षेत्रलाई पनि सहभागी गराइने छ। निजी क्षेत्रको सहभागितालाई ध्यानमा राखेर कार्यविधि तयार पार्न लागिएको जानकारी दिँदै उनले भने, ‘सार्वजनिक यातायातको क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि सरकारको प्रयत्न हो।’

तीन सय विद्युतीय बस खरिद गर्ने मन्त्रिपरिषद्को निर्णय

Facebook Comments