प्लास्टिक व्यवस्थापनमा नयाँ प्रविधि अपनाइँदै

काठमाडाैं–प्लास्टिक त्यस्तो बस्तु हो जसले खाना प्याकिङ गर्ने शैलीमा नै व्यापक परिवर्तन ल्याइदिएको छ। यसले प्याकिङ प्गर्न मात्र होइन खानालाई सुरक्षित रूपमा उपयोग गर्न समेत सहयोग गरेको छ।

विश्वको झण्डै एक चौथाई प्लास्टिक प्याकेजिङ प्रयोजनको लागि नै प्रयोग हुने गर्दछ। यसले  सपिङलाई सुविधाजनक वनाइदिएको छ र खानाको भण्डारण आयू पनि बढाइदिएको छ। प्लास्टिकको सही व्यवस्थापन नहुँदा त्यसले हाम्रो वातावरणमा पार्ने नकारात्मक असरको बारेमा पनि विश्व जागरूक हुँदैछ।

विशेषत प्लास्टिकले समुन्द्रमा पारेको असरको बारेमा बढी नै चासो व्यक्त भइरहेको छ। प्लास्टिकले नित्याएका समस्याको बारेमा यतिबेला संयुक्त राष्ट्रसंघको वातावरण सम्बन्धी नाइरोबीमा भएको चौथो महासभामा छलफल भइरहेको छ।

विश्वका केही भाग जस्तो दक्षिणपूर्वी एसियामा समुन्द्रमा फोहोरको चुहावट यति निकै भयाभव अनुपातमा पुगेको छ। त्यहाँका चार मुलुकले समुन्द्र प्लास्टिक फोहोरको ३० प्रतिशत अथवा २.४ मिलियन टन फोहोर समुन्द्रमा फालिरहेका छन्। यद्यपि, एसियाका खाना र पेय पदार्थ सम्बन्धी उद्योगहरूलाई यस विषयमा जानकारी छ र उनीहरू सो समस्या समाधान गर्न आतुर नै देखिन्छन्। विशेषगरी खाद्य उद्योग एसिया नामक संस्था र यसका सदस्यहरूले नयाँ शैली अपनाउनको लागि चासो दिइरहेका छन्।

‘हामी सामुन्द्रिक फोहोर र अन्य फोहोर व्यवस्थापनका सम्बन्धमा यी उद्योगहरू र अन्य अन्तर्राष्ट्रिय संगठन र राष्ट्रसंघका अन्य सदस्य मुलुकसँग साझेदारीलाई बलियो वनाउन चाहान्छौ,’ संस्थाको दीर्घकालीन र सञ्चारसम्बन्धी प्रमुख एडविन सेहाले भने। ‘हाम्रा सदस्यहरू प्याकेजिङमा नयाँ प्रविधिहरूको प्रयोग गर्नका लागि धेरै इच्छुक छन् एउटा उद्योगको रुपमा हामी नीति निर्माण, फोहोर व्यवस्थापन, संकलन र पुनःप्रयोगका लागि सरकारसँग नजिकबाट काम गर्न चाहन्छौ,’ उनले भने।

खाद्य उद्योग एसियामा एकदमै नाम चलेका उद्योगहरू जस्तो युनिलिभर, दनोनो लगायतका छन् जसले फोहोर व्यवस्थापनको नयाँ प्रविधिलाई प्रवद्र्धन गरिरहेका छन्। सन् २०१८ को शुरुवातमा नै दनोनो कम्पनीको लोकप्रिय एवियन मिनरल वाटर कम्पनी सन् २०३० भित्र शतप्रतिशत रिसाइक्लिङ प्लाष्टिकबाट बनेको बोतल प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। युनिलिभरल एकदमै नयाँ प्रविधिको विकास गरेको छ जुन प्लास्टिकको रिसाइक्लिङको लागि प्रयोग हुन्छ।

अबौं प्लास्टिकका पाउच वार्षिक रूपमा बेच्ने गरिन्छ, विशेष गरी विकाशील बजारमा कम लागतमा उपभोक्तालाई बेचिन्छ जो अन्य बैकल्पिक उत्पादनमा खर्च गर्न सक्दैनन्। यद्यपि, पुनर्नवीकरणको समाधान बिना, प्लास्टिकका पाउच ल्यान्डफिल साइट, नदी तथा समुद्रमा मिसिन्छ। सिंगापुरमा अवस्थित खाद्य उद्योग एसियाको मुख्यालयमा, प्लास्टिक र अन्य ठोस फोहोरको मुद्दा पनि खाद्य उद्योग एसियाद्वारा सम्बोधन भइरहेको छ।

तस्बिर : एजेन्सी

हजारी हसन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रममा सिंगापुरको स्थायी प्रतिनिधिका अनुसार ‘१९७० को दशकदेखि, सिंगापुरले ठोस फोहोर व्यवस्थापनमा फोहोरबाट ऊर्जा रणनीति अपनाएको छ। सिंगापुरको टुसा नेक्सस परियोजनाले देशमा ठोस फोहोर र प्रयोग गरिएको पानीको व्यवस्थापनमा नयाँ अध्याय सुरु गरेको छ। यस कार्यक्रम अन्तर्गत फोहोर व्यवस्थापन प्रणालीले, नष्ट नहुने फोहोर, घरेलु पुनः प्रयोग हुने फोहोर, स्रोत विभाजित खाद्य फोहोरलाई एकीकृत रुपमा टुसा जल पुनर्वितरण संयन्त्र मार्फत प्रशोधन गरिनेछ।’

उनले थपे, ‘यो संसारमा यस किसिमको पहिलो कार्यक्रम भएको छ र यसको योजना परिपत्र अर्थव्यवस्था सिद्धान्तहरूमा आधारित छ जसले समसामयिक खाना–पानी–ऊर्जा–फोहोरसँग समन्वय गर्छ। समन्वयको राम्रो उदाहरण टुसा जल पुनर्वितरण संयन्त्रमार्फत प्रयोग गरिएको पानीको लेदो र खाद्य फोहोर मिसाएर बायोग्यास उत्पादनको उपज बढाउछ। बायोग्यास एकीकृत फोहोर व्यवस्थापनमा प्रयोग हुने र समग्र थर्मल दक्षता र ऊर्जा उत्पादनमा वृद्धि ल्याउनेछ। एकीकृत फोहोर व्यवस्थापन संयन्त्रले ऊर्जा ग्रिडमा थप बिजुली निर्यात गर्न सुविधा दिन्छ र दुबै संयन्त्रलाई ऊर्जा आत्मनिर्भर बनाउनेछ। यस्तो समन्वय माध्यमबाट सिंगापुरलेप्रति वर्ष २ लाख टन कार्बन उत्सर्जन बचत गर्नेछ।’

संयुक्त राष्ट्र पर्यावरण सेप्टेम्बर २०१८ मा शुरु भएको समुद्री फोहोर र स्वच्छ समुद्र अभियानको प्रमुख अभियन्ता हो। ग्लोबल प्लास्टिक प्लेटफर्म र प्लास्टिक प्रदूषण अन्त्य गर्न अन्तर्राष्ट्रिय प्रयासमा समर्थन गर्न शुरू गरेको हो। १२ मार्च २०१९ मा, चौथो सभामा उपस्थित प्रतिनिधिहरूले रसायन र फोहोरकोे नकारात्मक प्रभाव कम गर्न र भरपर्दाे व्यवस्थापनका लागि सहमत भए।

ईयू, अफ्रिकी समूह र स्विट्जरल्याण्डले भरपर्दो व्यवस्थापनको प्रयासको काम गरिरहेको छन्। सरकार, उद्योग र निजी क्षेत्र, नागरिक समाज, वैज्ञानिक एवं सम्बन्धित निकायलाई रासायनिक र फोहोरको भरपर्दो व्यवस्थापनका लागि, लक्ष्य १२.४ (२०३० एजेन्डा) रासायनको भरपर्दो व्यवस्थापनको वातावरण, दिगो विकासको लक्ष्य प्राप्तिका लागी आफ्नो जीवन चक्र भरी सबै प्राप्त गर्न वार्तामा आह्वान पनि गरिएको छ।

यस्तो प्रस्तावित नीति र विश्वको प्राथमिकतामा पर्यावरणका मुद्दाहरू छन्। जसले दीगो विकास लक्ष्य पूरा गर्न आफ्नो कार्यहरूमा सदस्य राज्यहरुलाई मार्गनिदर्शक गर्छ। Source : unenvironment.org  

Facebook Comments