वन मासेर बाटो बनाउँदा भीर बन्यो थानकोट– चित्लाङ सडक (फाेटाे /भिडियो)

शनिबार, चैत्र १६, २०७५

काठमाडौँ–काठमाडौँको थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने २२.५ किलोमिटर सडक स्तरोन्नतिको क्रममा अवव्यवस्थित रूपमा पहाड काट्दा डरलाग्दो भीर बनेको छ।

थानकोटदेखि चन्द्रागिरीसम्म रहेको जंगल मासेर बनाइएको सडक केही स्थानमा राम्रो देखिएपनि अधिकांश स्थानमा भने डरलाग्दो भीरमा परिणत भएको छ।

एक त ठाडो पहाड त्यसमाथि त्यहाँ रहेका रुख काटिँदा उक्त क्षेत्र उजाड देखिनुका साथै डरलाग्दो भीर बनेको हो ।

जंगल भित्रबाट लगिएको उक्त सडकखण्डका अधिकांश स्थानमा रुख मासेर सडक बनाइएको छ । यसले वातावरणलाई नकारात्मक असर पार्नुका साथै बर्खायाममा पहिरोको जाने संभावना समेत बढाएको छ ।

Facebook Comments