यसरी नापिदैछ सगमाथाकाे उचाइ (भिडियाे)

काठमाडाैँ – २०७२ वैशाख १२ गते नेपालमा आएको भूकम्प र जलवायु परिवर्तनका कारण सगरमाथाको उचाइमा फेरबदल भएको हुनसक्ने भन्दै नापी विभागले विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने कार्य तीव्र बनाएको छ।

सगरमाथाकाे उचाइ नाप्ने क्रममा सिराहादेखि सोलुखुम्बुको पातले, फाप्लु नजिकै रहेको छ्याङमु डाँडा र पीके डाँडासम्म प्रारम्भिक काम सम्पन्न गरिसकिएको विभागका निर्देशक दामाेदर ढकालले बताउँछन। यसका साथै सगरमाथाकाे चुचुराेमा पुगेर उचाइ नाप्नका लागि चारजनाकाे टाेली २७ चैतमा त्यसतर्फ प्रस्थान गरिसकेकाे छ । यसै विषयमा हाकाहकीकर्मी शालिक भट्ट र अमिष रेग्मीले विभागका निर्देशक ढकालसँग कुराकानी गरेका छन् ।

Facebook Comments