आगामी तीन दिनको मौसम : मेघ गर्जनसहित वर्षा र हुरी-बतासको संभावना

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज(सोमबार) देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहितको वर्षा र हुरी बतासको संभावना रहेको बताएको छ।

भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको महाशाखाले जनाएको छ। न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाको भनाइ छ।

महाशाखाका अनुसार पूर्व र मध्य क्षेत्रको तुलनामा पश्चिमको मौसममा कम बदली देखिएको छ । साथै पोखरा आसपास क्षेत्रमा स्थानीय मौसम प्रणाली उत्पन्न भई मेघगर्जनसहित हावाहुरीको सम्भावना देखिएको छ।

मंगलबार देशको पूर्वी तथा मध्य क्षेत्र लगायत पश्चिमी पहाडी भू–भागहरूमा आंशिक देखि सामन्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना देखिएको महाशाखाले प्रक्षेपण गरेको छ।

त्यस्तै बुधबार पहाडी भू–भागहरूमा आंशिक देखि सामन्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ। यसका साथै पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्यांग हुरीरबतास सहित हल्का वर्षाको संभावना छ।

Facebook Comments