काठमाडाैँमा एकाबिहानै ५.२ रेक्टरको भूकम्प

काठमाडौँ –धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्प मापन केन्द्रका उपप्रमुख मुकुन्द भट्टराईले उक्त भूकम्प विसं २०७२ वैशाख १२ को परकम्प भएको जानकारी दिए।

वैशाख १२ देखि हालसम्म चार रेक्टर स्केलभन्दा बढीका ५०० भन्दा बढी भूकम्पको परकम्प गइसकेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का राजधानीमा महशुस गरिएको थियो।

Facebook Comments