इन्फोग्राफमा हेर्नुहोस् १८९० देखि अहिलेसम्मका ठूला भूकम्प

काठमाडौँ – करिव १० हजारको मृत्यु हुने गरी गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको आज(विहीबार) चार वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि पनि पराकम्पहरू आउने क्रम जारी नै छ।

गोरखा भूकम्पपछिको चारवर्षयता ४५ हजार ठूला साना पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

त्यसअघि १९९०मा पनि ०७२को भन्दा ठूलो ८.२ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यसपछिका विभिन्न समयमा भूकम्पको धक्का महसुस गरिँदै आएको थियो। १९९० अघि पनि नेपालमा ४ रेक्टरमाथिका धेरै भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रको तथ्यांकले देखाएको छ।

१८९०देखि०७२सम्म नेपालमा कतिपटक भूकम्प गयो भन्ने विषयमा हाकाहाकीकर्मी सुनित वैद्यले इन्फोग्राफ तयार पारेका छन्।

Facebook Comments