बेलायतद्वारा जलवायु परिवर्तनलाई लक्षित गर्दै आपतकालीन अवस्थाको घोषणा

काठमाडौँ – बेलायतले जलवायु परिवर्तनको बढ्दो असरको बारेमा जनचेतना जगाउने उद्देश्यले प्रतिकात्मक रुपमा आपतकालीन अवस्थाको घोषणा गरेको छ।

बेलायतको संसदले विपक्षी श्रमिक नेता जेरेमी कार्बायनले पेश गरेको एक प्रस्तावलाई समर्थन गर्दै गत बुधबार आपतकालीन अवस्थाको घोषणा गरेको हो। जेरेमीले आगामी पुस्ताको हितलाई दृष्टिगत गरेर पर्यावरण संरक्षणका लागि तत्काल कदम चाल्नुपर्ने प्रस्ताव गरेकी थिए।

विशेषगरी सत्तारुढ दलले विपक्षीको प्रस्तावलाई स्वीकार गर्दैन तर, यस प्रस्तावका सम्बन्धमा भने सबै सहमत भएका छन्। पछिल्लो समयमा युवाहरूले स्वतस्फूर्त रुपमा जलवायु परिवर्तनको असर कम गर्ने माग गर्दै आन्दोलन गरीररहेका छन्। यो प्रस्ताव पारित त्यही आन्दोलनलाई प्रदान गरिएको सहमति भएको उनको दाबी छ।

उनले जलवायु परिवर्तनको कारणले नयाँ पुस्ताले धेरै चिज गुमाउने भएकाले उनीहरूको कुरा सुन्नुपर्ने जिकिर गरेका थिए। उनले जलवायु परिवर्तनको सवालमा राजनीतिज्ञ भन्दा पनि युवाहरू अग्रभागमा रहेको दाबी गर्दै यसलाई अहिलेको सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताए।

यस अभियानमा विशेषगरी युरोपका युवायुवतीहरू सहभागी छन्, उनीहरूले विद्यालय हड्तालदेखि, नागरिक अवज्ञासम्मका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। यसै विषयलाई लिएर पछिल्लो समय लण्डनमा ठूलो विरोध कार्यक्रमको आयोजना गरिएको थियो।

‘हामीसँग खेर फाल्ने समय छैन्, हामी जलवायु संकटमा बाँचिरहेका छौँ, जुन खतरनाक छ । यदि हामीले चाँडो भन्दा चाँडो केही कदम चाल्न सकेनौँ भने यो नियन्त्रणबाट बाहिर जानसक्छ,’ उनले संसदमा भने, ‘आज, हामीसँग बोल्ने मौका छ’ हामीले तपाईंहरूको समस्या सुनेको छौँ, हामी विश्व जलवायु परिवर्तन सकंटको आपतकालीन घोषणा गर्ने पहिलो संसद बन्न सक्ने आशा गरेका छौँ र उक्त कार्यको लहरले संसारभरिका सबै सरकारहरू र संसदीय दलहरूलाई मार्गनिर्देशनको रुपमा तय गर्न सक्छौँ ।’

Facebook Comments