काठमाडौँमा पहिलो पटक प्लास्टिकबाट सडक कालोपत्रे

कीर्तिपुरमा पहिलाे पटक प्लास्टिकले कालाेपत्रे गरिएकाे सडक । तस्बिर : शिव ओली

काठमाडौँ – काठमाडौँको कीर्तिपुरमा प्लास्टिकको प्रयोग गरी सडक कालोपत्रे गरिएको छ । कीर्तिपुरको टाल्चादेखि कीर्तिपुर गेटसम्मको १ सय ६६ मिटर सडक प्लास्टिकबाट कालोपत्रे गरिएको हो।

टाल्चा बाटो उपभोक्ता समितिले उक्त सडक कालेपत्रे गर्न २१ लाख खर्चेको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन बताउँछन्।

‘खेर गएको तथा पुन: प्रयोग गर्न नसकिने प्लास्टिकबाट हामीले काठमाडौँमै पहिलो पटक सडक कालोपत्रे गरेका हौँ, उनले भने, ‘वातावरण प्रदूषणको कुरा आइरहेको बेलामा यो प्रदूषण कम गर्ने अर्को विकल्प बनेको छ।’

पहिलो चरणमा परीक्षणका लागि उक्त सडकखण्ड कालोपत्रे गरिएको र बाँकी स्थानहरूमा पनि त्यसै गरिने उनको भनाइ छ।

पोखराबाट शुरु भएको प्लास्टिक सडक बनाउने अभियान देखेर पोखराका दुई इञ्जिनयरलाई बोलाइ काठमाडौँमा पनि उक्त कार्यको शुरुवात गरिएको उनी बताउँछन्।

उनका अनुसार प्लास्टिकलाई मसिनोसँग काटेर १ सय ७० डिग्रीको तातो गिट्टीमा हाली अलकत्रा मिश्रण गरेर सडक कालोपत्रे गरिएको हो।

Facebook Comments