‘वातावरण संरक्षण विधेयक २०७५’ संसदमा पेश, यस्तो छ विधेयक

काठमाडौँ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘वातावरण संरक्षण विधेयक २०७५’ प्रतिनिधि सभा बैठकमा पेश गरेका छन्।

सोमबारको प्रतिनिधिसभाको बैठकमा वातावरण संरक्षण विधेयक २०७५ पेश गर्दै मन्त्री बस्नेतले वन तथा वनजन्य वस्तुको संरक्षण, सम्वद्र्धन तथा दीगो व्यवस्थापन गरी वातावरण जलाधार एवम् जैविक विविधताको संरक्षणका साथै वन पैदावारको सदुपयोग गर्न र जनताको वन पैदावारजन्य आवश्यकता पूरा गर्नका लागि कानुनी व्यवस्था आवश्यक भएकाले वन सम्बन्धी कानुनलाई संशोधन र एकीककरण गर्न विधेयक बनाइएको बताए।

उक्त विधेयकमा वातावरणलाई सफा र स्वच्छ बनाउन काठमाडौँ उपत्यका र अन्य शहरमा कुन कुन खालको उद्योग खोल्न पर्छ भन्ने कुरा पहिले नै सूची बनाउनु पर्ने, मानव बस्ती भएको ठाउँमा कस्तो खालेउद्योग खोल्ने भन्ने विषय प्रष्ट परिनुपर्ने, उद्योगको वातावरणीय अध्ययन केन्द्रीय सरकार तथा स्थानीय सरकार दुबैले गर्ने भनिएकाले दुई मध्ये एकले मात्र गर्नुपर्ने लगायतका कुरामा विरोध जनाउँदै नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले विरोधको सूचना जारी गरेका थिए।

यसका साथै विधेयकमा रहेकाे वातावरण संरक्षण अधिकृत लगायतका अन्य केही प्रावधानहरूका सम्बन्धमा अालाेचना भइरहेकाे छ ।

यस्ताे छ विधेयक

Facebook Comments