बिबिसिसँग प्रधानमन्त्रीले भने : निजगढमा ५० लाख विरुवा रोप्छौँ

काठमाडौँ – निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा ठूलो मात्रामा रुख काटिने विषयमा प्रधानमन्त्री केपी ओलीलाई बेलायती समाचार संस्था बिबिसीले प्रश्न सोधेको छ।

हाल युरोप भ्रमणमा रहेका ओलीलाई बिबिसि विश्व सेवाले हिजो(मंगलबार) अन्तवार्ता गरेको थियो। अन्तवार्ताको क्रममा यस पटक सगरमाथामा देखिएको ट्राफिक जामदेखि, नेपालमा ठूला परियोजना अगाडि बढाउँदा त्यसले वातावरणलाई पार्ने प्रभावको बारेमा प्रश्नहरू सोधिएको थियो।

यसै सिलसिलामा निजगढ विमानस्थलतर्फ संकेत गर्दै प्रस्तोताले प्रश्न गरे? तपाईहरूले एक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि झण्डै २५ लाख रूखहरू काट्दै हुनुहुन्छ, के यो आवश्यक छ ? यसले वातावरणमा कस्तो असर गर्ला।

जवाफमा प्रधानमन्त्री ओलीले भने,‘हामीले २५ लाख रुख काट्यौ भने हामी पाँच लाख रुख रोप्न सक्छौ, हामीकहाँ अहिले ४५ प्रतिशत वन छ। वातावरणमा हामीले ठूलो टेवा दिएका छौँ।’ प्रधामन्त्रीले यो वर्ष नेपालले लाखौँ रूखहरू रोप्ने तयारी गरिरहेको समेत बताए।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(ईआईए)का अनुसार उक्त विमानस्थल निर्माणका लागि ६ लाख ठूला र १८ लाख साना रुख काटनुपर्ने देखिएकाे छ।

Facebook Comments