वातावरण दिवसको कार्यक्रम गर्न ४१ लाख खर्च

काठमाडौँ – सरकारले यस वर्षको विश्व वातावरण दिवस मनाउँदा ४१ लाख खर्च गरेको छ। विश्व वातावरण दिवसको अवसरमा नेपालगञ्जमा आयोजित ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन’ विषयक गोष्ठीका लागि उक्त रकम खर्च भएको वातावरण विभागले जनाएको छ।

वातावरण दिवसको अवसरमा विभागले जेठ २२ र २३ मा नेपालगञ्जमा गोष्ठीका साथै सप्ताहव्यापी विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।

साप्ताहिक कार्यक्रममा दुई दिने गोष्ठी, अन्तर्क्रिर्या कार्यक्रम, वृक्षरोपण, जनचेतनाका कार्यक्रमहरू आयोजना गरिएको विभागका महानिर्देशक नारायण प्रसाद सापकोटा बताउँछन्।

नेपालगञ्जबाट शुरु भएको विभिन्न कार्यक्रमको मंगलबार काठमाडौँस्थित वातावरण विभागमा एक कार्यक्रम गर्दै समापन गरियाे।

यसका साथै नेपालगञ्जमा आयोजित गोष्ठीमा १७ बुँदै घोषणपत्र समेत जारी गरेको थियो। घोषणापत्रको विषयमा बोल्दै वातावरणविद् भुषण तुलाधरले घोषणपत्र जारी गरेर मात्रै नभई त्यसलाई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताए।

समापान कार्यक्रममा विभागले वातावरण क्षेत्रमा योगदान पुर्याउनेलाई सम्मान तथा पुरस्कार प्रदान गरेको थियो। यसपालीको वातावरण संरक्षण पुरस्कार झापाका अधिवक्ता पदम बहादुर श्रेष्ठ, जलवायु परिवर्तन व्यवस्थापन पुरस्कार मनोज कुमार गुप्ता र उत्कृष्ट वातावरण पत्रकार पुरस्कार प्रगति ढकाल प्राप्त गरेका छन् ।

Facebook Comments