देशभरको मौसममा आंशिक बदली, केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौँ– देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशको पश्चिमी भू–भागमा सामान्य देखि पूर्ण बदलीका साथै मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली रही पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका केही स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

त्यसैगरी शुक्रबार देशको पूर्वी भूभागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा देशको पूर्वी भूभागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरूमा र पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

शनिबार देशको पूर्वी भूभागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका केही स्थानहरुमा र पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना छ।

राति देशको पूर्वी भूभागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भूभागका थोरै स्थानहरुमा र पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments