निर्माणाधीन पुलको फाउण्डेशनमा त्रुटि

काठमाडौँ– तीनकुनेस्थित वाग्मती नदीमा निर्माणाधीन पुलको तीनवटा फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको छ ।

निर्माण कम्पनीको गैरजिम्मेवारीका कारण फाउण्डेशनमा गम्भीर त्रुटि देखिएको हो।

सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्या¥याक देखिएको समितिको आज (शुक्रबार)को बैठकमा जानकारी दिइयो ।

समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ ।

Facebook Comments