नदीजन्य पदार्थ उत्खननमा पूर्ण रोक

भद्रपुर–झापाको अर्जुनधारा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा रोक लगाएकोे छ।

नगरपालिकाले सूचना सार्वजनिक सूचना प्रकाशित गरेर असार १ गतेदखि भदौ ३० गतेसम्म नदीजन्य पदार्थ उत्खननमा पूर्ण रुपमा रोक लगाएको हो।

यदि सो सूचनालाई बेवास्ता गरी कसैले नदीजन्य पदार्थ उत्खनन गरेको पाइएमा १० हजारदेखि ३० हजारसम्म जरिवाना तथा जफत गरिएका सामग्रीसहित सवारी साधानसमेत नियन्त्रणमा लिइने नगरपालिकाले जनाएको छ।

पहिलोपटक उत्खनन गरेको पाइएमा १० हजार, दोस्रापटक पाइएमा २० हजार र तेस्रोपटक पाइएमा ३० हजार जरिवाना गरिने नगरका प्रेस संयोजक सागर गौतमले बताए । उनका अनुसार निषेधित गरिएको सो कार्य गरिरहेको सूचना उपलब्ध गराउने व्यक्ति वा सङ्घसंस्थालाई नगरपालिकाले उचित पुरस्कारको व्यवस्थासमेत गरिएको छ।

यस नगरपालिका भित्र विरिङ, टाङटिङलगायतका नदी छन्। रासस

Facebook Comments