धुलो र धुवाँको मुस्लोमा यसरी निस्सासिँदै छ विराटनगर(फोटो फिचर)

विराटनगर – पछिल्लो समय विश्वमा बढ्दै गइरहेको वायू प्रदूषणमा नेपालको पनि हात रहँदै आएको छ । देशका विभिन्न शहरमा भइरहेको विकास निर्माण तथा विभिन्न संरचना निर्माण गर्दा हुने वायु प्रदूषणलाई ध्यान नदिँदा यसले विकराल रुप लिँदै आइरहेको छ।

मोरङको विराटनगर महानगरपालिका पनि पछिल्लो समय धुलोभित्र निस्सासिएर बस्न बाध्य भएको छ। विराटनगरवासी त्यहाँस्थित भक्ति राजमार्गको स्तरोन्नति गर्न भनि खनिएको सडकबाट उत्पन्न धुलो खान बाध्य भएका छन्।

सुनसरीको धरानदेखि विराटनगरको गणतन्त्रचोकसम्मको ४५ किलोमिटर लामो उक्त राजमार्ग विस्तारका लागि भनि सडक खनिएपनि साढे दुई वर्ष वित्दा पनि नबनेको स्थानीय विदुर आचार्य बताउँछन्।

उक्त सडक विस्तारका क्रममा निर्माण सामग्री त्यतिकै छोडिएको र धुलो नियन्त्रणको कुनैपनि उपाय नपनाइएको गुनासो उनको छ।

औद्योगिक क्षेत्रका रुपमा परिचित विराटनगर धुलोका साथै धुवाँबाट पीडित बनेको छ। त्यहाँस्थित उद्योगहरूले वातावरणमैत्री उपकरणको प्रयोग नगर्नाले विराटनगरको वातावरण धुलो र धुवाँले निस्सासिएको स्थानीयको भनाइ छ।

Facebook Comments