कार्बन उत्सर्जन कम गर्न पाँच मुलुकको यस्तो योजना

काठमाडौँ – विश्वका विभिन्न देशले आ–आफ्नो देशमा भइरहेको कार्वन उत्सर्जन घटाउन महत्वाकांक्षी योजनाहरू घोषणा गरेका छन्। आफ्नो अर्थव्यवस्थालाई कार्वन मुक्त बानाउने उनीहरूको प्रयास छ। तर, योजना कार्यान्वयन मुख्य चुनौती हो। विश्वका विभिन्न पाँच मुलुकले आफ्नो कार्वन उत्सर्जनमा कमी ल्याउन गरेका घोषणा यस्तो छ।

आयरल्याण्ड
नविकरणीय उर्जाबाट सन् २०३० सम्ममा ७० प्रतिशत बिजुलीको उत्पादन गर्ने र त्यसका लागि कोइला र विद्युतबाट चल्ने जेनेरेटरहरूलाई विस्थापित गर्ने।

सन् २०३० सम्ममा विधुतीय गाडीहरूको संख्या बढाउने। उक्त साधनका लागि चार्जिङ्ग स्टेशनको व्यवस्था गर्ने। साँघुरो घटाउन साइकल लेन र पार्कलाई विस्तार गर्ने र २०१९ जुलाईदेखि शहरमा डिजेलबाट चल्ने सवारीसाधनको खरिद बिक्रीमा प्रतिवन्ध लगाउने ।

प्रत्येक वर्ष ८ हजार हेक्टर बराबर जमिनमा जङ्गल रोप्ने र ४० हजार हेक्टर बराबरको घाँसे मैदान र सिमसार क्षेत्रमा सुधार ल्याउने। पारिवारिक खेतीलाई प्रोत्साहन गर्दै दीगो उपाय र अवसरहरू प्रदान गर्ने ।

सन् २०३५ सम्ममा ल्याणडफिल साइटमा जाने फोहोर १० प्रतिशतमा झार्ने, त्यस्तै २०३० सम्ममा खानेकुराबाट उत्पादित फोहोर ५० प्रतिशतले घटाउने । २०३० सम्ममा ७० प्रतिशत प्याकेजिङ्ग को फोहोरलाई रिसाइकल गरिने र ५५ प्रतिशत प्यास्टिकजन्य प्याकेजिङ्ग को फोहोर रिसाइकल गर्ने । रिसाइकल हुन नसक्ने प्लास्टिकलाई नष्ट गरिने, रिसाइकल गर्न गाह्रो हुने उत्पादनहरूलाई उच्च शुल्क लिइनुका साथै एक पटक मात्र प्रयोगमा आउने प्लास्टिकका उत्पादनहरू जस्तै : चम्चा, गिलास, कप, प्लेट, ईत्यादीमा प्रतिबन्द लगाउने।

बेलायत
बेलायत सरकारले सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । यसका लागि सबै उत्सर्जन गर्ने तत्वहरूलाई रोक्न आवश्यक छ। बेलायत पहिले नै वायू उर्जा उत्पादन गर्ने सबैभन्दा ठूलो राष्ट्र भएतापनि यस्तो महत्वकांक्षी लक्ष्य हासिल गर्न धेरै परिवर्तन चाहिने र यसलाई पूरा गर्न १० अर्ब पाउण्ड स्टरलिङ सम्म लाग्ने त्यहाँका संसद सदस्य चांसलर फिलिप ह्यामण्डको अनुमान छ।

विश्वभरी कुल २३.१ गिगावाट वायू उर्जा उत्पादन हुन्छ भने, जसमा सबैभन्दा धेरै बेलायतले ३४ प्रतिशत उत्पादन गर्छ । त्यसैगरी जर्मनीले २८ प्रतीशत, चीनले २० प्रतिशत र अन्य देशहरूले १८ प्रतिशत उत्पादन गर्छन्। बेलायत सरकारले २०२२ सम्म १ करोड १० लाख विरुवा रोप्ने योजना बनाएको छ र यसले कार्बन उत्सर्जन र जलवायु परिवर्तनलाई निलम्बित गर्न महत्वपूर्ण योगदान दिनेछ।

कोस्टारिका
कोस्टारिका पनि सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न चाहन्छ। यस योजनाको एक मुख्य तत्व हो, यातायातलाई विद्युतमैत्री बनाउनु । यस योजना अन्तर्गत नयाँ विद्युतीय रेल लाइन निर्माण गर्ने योजना कोस्टारिकाले बनाएको  । जसले स्यान होजे क्षेत्रका साढे दुई लाख मानिसको दैनिकीलाई सहज बनाउँछ। साथै कोस्टारिका सरकारले २०५० सम्ममा सबै सार्वजनिक ट्याक्सी र बसलाई विद्युतमैत्री बनाउने योजना ल्याएको छ।

यसका साथै कोस्टारिकाले वनजङ्गल विनाश रोक्न समेत काम गरेको छ। यसले गर्दा १९८० कोे दशकमा तुलनामा हाल वनले ढाकेको क्षेत्रफलमा २६ प्रतिशतले मात्र गिरावट आएको छ । तर, प्रभावकारी नीतिहरू, पर्यावरणवाद र नैतिकताले यस वरिपरी घुमाउन मद्दत गरेको छ।

चिली
दक्षिण अमेरिकी देश चिलीले भर्खरै मात्र यस दशक बीचमा कार्बन तटस्थतालाई लक्षित गरेको योजनाको घोषणा गरेको छ। यसका लागि कोइलालाई प्रतिस्थापन गर्दै लैजानुपर्ने हुन्छ र २१ वर्ष भित्र सबै कोइला उर्जा उत्पादन केन्द्र बन्द गर्ने योजना बनाएको छ । जसमा ८ वटा उर्जा उत्पादन केन्द सन् २०२४ भित्र बन्द गरिसक्ने छ।

जुन देशमा सबैभन्दा बढी उर्जा कोइलाबाट उत्पादन गरिन्छ त्यस्का लागि यो एउटा सानो चुनौती होइन । तर, चिलीले २०१६ मा कोइलाले अन्य स्रोतको तुलनामा अधिक बिजुली उत्पादन गर्यो । यी उद्योग बन्द हुनाले मनिसको रोजगारी गुम्ने तथा महंगी बढ्ने डर भने पैदा भएको छ । चिली सरकारले सन् २०५० सम्ममा सबै उद्योगलाई कार्बन तटस्थ हुनु आवश्यक बनाएको छ । केबल सोस्न सक्ने जति मात्रै कार्बन उत्पादन गर्न पाइने नीति बनाएको छ।

स्वीडेन 
यूरोस्ट्याटका अनुसार नर्डिक देश स्वीडेन, पहिले नै आधा भन्दा बढी नवीकरणीय स्रोतबाट विद्युत उत्पादन गर्छ र उदाहरणीय देशको रुपमा परिचित छ।

स्वीडेनमा ऊर्जा र जलवायु सल्लाहकारहरू प्रशस्त मात्रामा हुनु पनि कम ऊर्जाको प्रयोगको कारण हो। देश भरी २०० भन्दा बढी सल्लाहकारहरू छन्, जो सबै सना भन्दा साना काममा निः शुल्क र निष्पक्ष सल्लाह प्रदान गर्छन्। यी सबै स्वीडेनको गुरुयोजना अन्तर्गत, हरितगृह ग्याँस उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य मातहतमा पर्छ।

हाकाहाकीकर्मी अमिष रेग्मीद्वारा वल्र्ड इकोनोमिक फोरममा प्रकाशित समाचारको भावानुवाद

Facebook Comments