सहस्रधारामा छाँगावरोहण

गलकोट नगरपालिका–३ हटिया बजारदेखि तीन किमि मोटर यात्रामा सहस्रधारा झरना पुगिन्छ । पैदल हिँडे जम्मा ३० मिनेट । हिँड्दै जाँदा अक्करे भीर र घना जङ्गल आइपुग्छ । झट्ट हेर्दा लाग्दैन, त्यस्तो अनाकन्टर खोँचमा झरना छ ।

तर, त्यहाँ पुग्दा सत्य अर्कै हुन्छ । सिँढी चढेर यात्री जब झरना छेउ पुग्छ, वरिपरि नजर डुलाउँछ । माथि हेर्छ, दङ्ग पर्छ । छयासी मिटर अग्लो झरनाले मनै लोभ्याउँछ । दुई वर्ष अघिसम्म उक्त झरना गुमनाम थियो । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्थे ।

झरना बगिरहेकै थियो । समय पनि बितिरहेकै थियो । वडाअध्यक्ष र गाउँका केही युवाले नयाँ सोच बनाए । झरनालाई पर्यटकीय गन्तव्य बनाउनेबारे जुक्ति निकाले । साहसिक खेल छाँगावरोहण ९क्यानोनिङ० को सम्भावना खोजे । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरे । वडा कार्यालयले अगुवाइ प्रदान ग¥यो । नगरपालिकाले लगानी भित्र्यायो । सहस्रधारा झरना अहिले छाँगावरोहण (क्यानोनिङ) खेलको गन्तव्यका रूपमा विकास भइरहेको छ ।

विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि सहस्रधारामा छाँगावरोहण व्यावसायिक बन्न थालेको हो । शनिबार र आइतबार गरी २० जनाले छाँगावरोहण गरेको केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताए । खेलाडीले शुल्क तिरेर खेलमा भाग लिएका थिए । छाँगावरोहण गरेको हेर्ने दर्शकको भीड नै लागेको थियो । खेलाडीलाई आयोजक तथा स्थानीयवासीले फूलमालाले सम्मान गरेका थिए ।

;fxl;s v]n
afun’ª, !^ c;f/ -/f;;_ M unsf]6 gu/kflnsf–# xl6ofl:yt ;x;|wf/f em/gfdf cfof]lht ;fxl;s v]n 5fFuf cf/f]x0f -Sofgf]lgª_ cjnf]sg ub}{ ;j{;fwf/0f . t:jL/ M /fdaxfb’/ yfkf .

छाँगावरोहणपछि प्रतिक्रिया दिँदै स्थानीयवासी मीना श्रेष्ठले आफूले रोमाञ्चक अनुभूति गरेको बताईन । “शुरुमा डर लागिरहेको थियो, पछि चाहिँ मज्जा आयो” उन्ले भनिन्, “आँट भयो भने गाह्रो काम पनि सकिने रहेछ ।” महिलामा श्रेष्ठ र नितु खड्काले शनिबार छाँगावरोहण गरेका थिए । महिलाहरु डोरीमा झुण्डिएर झरनाबाट ओर्लिएको दृश्य देख्दा गाउँलेहरु उत्साहित देखिन्थे ।

उपस्थित दर्शकले उनीहरुको मुक्तकण्ठले प्रशंसा गरे । छाँगावरोहणका लागि बागलुङ सदरमुकामदेखि पुग्नुभएका सुमन जिसीले खेल नियमति सञ्चालन गर्नुपर्ने बताए । वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार ‘क्यानोनिङ’ लाई व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ । विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० मार्फत सहस्रधारा क्षेत्रको विकासलाई अघि बढाइएको छ ।

गलकोट नगरपालिकाबाट चालू आवमा विनीयोजित रु। पाँच लाख बजेटबाट पदमार्ग, पोखरी र विश्राम कक्ष बनेको छ । रेष्टुराँ, बगैँचालगायतका संरचना निर्माण गर्ने योजना छ । यस्तै ‘क्यानोनिङ’मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामाग्री तथा उपकरण जुटाइने भएको छ । अहिले ‘पोखरा क्यानोनिङ’ का विज्ञ र सहयोगीले खेल सञ्चालनमा सघाइरहेका छन् । सम्भाव्यता अध्ययन र परीक्षण पनि उनीहरुले नै गरेका थिए ।

‘पोखरा क्यानोनिङ’ का ‘गाइड’ सुनिल गुरुङले सहस्रधारा प्राविधिक र सबै हिसाबले उचित रहेको बताए । “यहाँ व्यावसायिक क्यानोनिङको राम्रो सम्भावना छ” उहाँले भन्नुभयो, “पूर्वाधारसँगै खेलाडी, पर्यटकको सेवा, सुविधामा ध्यान दिनुपर्छ ।” साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने उन्को भनाइ छ ।

सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख भरत शर्मा गैरेले बताए । “साहसिक खेलका माध्यमबाट गलकोटको पर्यटन प्रवद्र्धने गर्ने हाम्रो उद्देश्य हो” उन्ले भने, “नगरपालिकाले लगानी गरिरहेको छ, यो वर्षपनि बजेट छुट्याउँछौँ ।”

ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि शुरु भएको छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले चालू आवमा रु। १२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट उद्यान, पदमार्ग, वृक्षरोपणलगायतका काम हुनेछन् ।

‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारी देखि प्रचारप्रसारलाई तीव्र पारिने केन्द्रका सचिव खत्रीले बताए । “वर्षेनी मेला नै राखेर सहस्रधारा झरनाको विकास र प्रवद्र्धन गर्ने योजना छ” उन्ले भने । ‘क्यानोनिङ’ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालीममा पठाउने वडाको तयारी छ ।

उपकरण महँगो पर्ने हुँदा तत्कालै खरीद गर्न नसकिएको वडाध्यक्ष भण्डारीले बताए । तालीमप्राप्त खेलाडी र उपकरण हुने हो भने खेल नियमित सञ्चालन गर्न कठिनाइ नहुने उहाँको भनाइ छ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गलकोटलाई उजागर गर्न ‘क्यानोनिङ’ले टेवा पु¥याउने देखिन्छ ।

“झरनामा यस्तो चहलपहल होला भनेर सोचेका थिएनौँ” स्थानीयवासी चन्द्रबहादुर कुँवरले भने, “नयाँ पुस्ताले चाह्यो भने हुन्छ, राम्रै होला भन्ने लागेको छ ।” पानी बगिरहेको झरनामा डोरीको सहायताले फेदबाट उक्लिएर डाँडामा पुग्ने र पुनः तल ओर्लने कार्य नै ‘क्यानोनिङ’ हो ।

सन् २००७ बाट नेपालमा शुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमि यात्रापछि हटिया आइपुग्छ । हटियाबाट मोटर वा पैदल सजिलै सहस्रधारा पुगिन्छ । रासस

Facebook Comments