उत्तरप्रदेशमा भीषण वर्षा हुने सम्भावना

उत्तरप्रदेश– भारतको उत्तरप्रदेशमा अब ४८ घण्टा भीषण वर्षाको चेतावनी मौसमविद्हरूले दिएका छन्।

लखीमपुरको शारदा नदीमा पानी सर्तकता तह भन्दा माथि पुगेको भारतीय सञ्चार माध्यम न्यूज अन एअरले जनाइएको छ।

उता अरुणाचल प्रदेशमा लगातार वर्षाका कारण राजधानी ईटानगर र अन्य क्षेत्रमा जनजीवन प्रभावित भएको छ। पहिरोका कारण राज्यको धेरै स्थानहरूमा सडक यातायातहरू बन्द भएका छन्। पूर्वी कामेंग जिल्लामा कादेया गाउँ बाढीको चपेटमा परेको बताइएको छ।

बिहार राज्यमा पनि मनसुन तीन दिनदेखि सक्रिय छ। त्यहाँको मौसम विभागले अबको ७२ घण्टा मध्यम देखि भारी वर्षा हुन सक्ने अनुमान गरेको छ।

Facebook Comments