वर्षाका कारण पुल्चोकमा रुख ढल्यो

काठमाडौँ– रातभरी परेको अविरल वर्षापछि ललितपुरस्थित पुल्चोक सडक छेउको रुख ढलेको छ।

रुख ढल्दा महानगरीय प्रहरी प्रभाग पुल्चोकको कार्यालयमा क्षति पुगेको जनाइएको छ। प्रहरी कार्यालयमा समान्य क्षति भएपनि मानवीय क्षति भने भएको छैन।

काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर लगातारको मनसुनि वर्षा भइरहेको हो।

Facebook Comments