अविरल वर्षाले हवाई उडान र अवतरण प्रभावित

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ।

विमानस्थल ३ बजेसम्मका लागि बन्द गरिएको हो।  यतिको विमान धावनमार्गमा चिप्लिएपछि उडान र अवतरण प्रभावित भएको जनाइएको छ। नेपालगञ्जबाट काठमाडौँका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको थियो।

यती एयरलाइन्सको उडान नम्बर एनवाइटी–४२२ (नाइन एन एएमएम) विमान आज बिहान ११ः५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको हो।

विमानमा सवार चालक दलका सदस्यसहित ६६ जना यात्रु सकुशल रहेको उक्त विमान कम्पनीले जनाएको छ।

धावनमार्गमा रोकिएको विमानलाई तानेर ‘ह्याङ्गर’तर्फ लैजाने प्रयास भइरहेको बताइएको छ। त्यस कार्यमा नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका कर्मचारीलगायत खटिएका छन्।

Facebook Comments