सिंहदरबारको पर्खाल भत्कियो

काठमाडौँ– तीनदिन देखिको लगातार वर्षाले सिंहदरबारको अनामनगर तर्फको पर्खाल भत्किएको छ।

पर्खाल भत्किदा एक जना घाइते भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।

पर्खाल भत्किएपछि अनामनगर क्षेत्र तर्फको सडक एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ। अहिले भत्किँएको पर्खाल पन्छाउने कार्य भइरहेको छ ।

Facebook Comments