जलवायु परिवर्तनको असरसँग लड्न जर्मनीले ४० लाख युरो सहयोग गर्ने

काठमाडौँ– जलवायु परिवर्तनले उत्पन्न गरेका चुनौतीसँग लड्न र उर्जा क्षेत्रको सुरक्षाका लागि जर्मनीले ४० लाख युरो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपालको उर्जा क्षेत्रमा लामो समयदेखि सहयोग गरिरहेको जर्मनीले सो प्राविधिक सहयोग अहिलेको सोलार उर्जाको स्तरोन्नतीका लागि खर्च गरिने जानकारी दिएको छ। त्यसैगरी अन्य विभिन्न क्षेत्रका लागि २ करोडभन्दा बढी सहयोग गर्ने घोषणा समेत जर्मनीले गरेको छ।

नेपाल र जर्मनीबीच मंगलबार सम्पन्न पहिलो संयुक्त राजीतिक परामर्शबारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। विशेषत नेपालमा दुर्गम भुभागमा सौर्य उर्जाका परियोजनाहरु संचालन गरिने छ।

जर्मनीको विदेश मन्त्रालयका दक्षिण एसिया कमिन्सन मार्कस पोत्चेले नेतृत्व गरेको एक टोलीको मंगलवार र बुधवार दुई दिन नेपालको औपचारिक भ्रमण गरेको थियो। जर्मनीको तर्फबाट उच्च स्तरमा भएको यो पहिलो भ्रमण हो।

पत्रकार सम्मेलनमा मार्कसले भने, ‘जलवायु परिवर्तनको चुनौतीसँग लड्नका लागि विशेषगरी सौर्य उर्जाको क्षेत्रमा ४० लाख युरो दिने सम्वन्धमा दुईपक्षिस सहमति भएको छ।’ त्यसैगरी दुई देशको विचमा संस्कृतिमा लेखिएका पुराना पाण्डुलिपीहरु समेत संरक्षण गर्ने सहमति भएको छ ।

नेपाल भ्रमणको क्रममा सो टोली परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञावली, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र सूचना तथा प्रविधीमन्त्री गोकुल वास्कोटासँग भेटघाट गरेको थियो।

सो टोलीले नेपालमा आफूहरुले राजनीतिक सम्बन्धलाई विस्तार गर्न चाहेको बताएको छ। त्यसैगरी नेपालमा लगानीमा लगानीको सम्वन्धको बारेमा समेत सो टोलीले सरकारी र नीजि क्षेत्रका व्यक्तिहरुसँग परामर्श गरेको थियो।

नयाँ संविधान निर्माण, त्यस लगत्तै चुनाव र नयाँ सरकारको गठनपछि जर्मनीले नेपालमा राजनीतिक चासो बढाएको छ। त्यसैले जर्मनीले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने र भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

Facebook Comments