‘डुबानको समस्यालाई भारतले गम्भीर रुपमा लिनुपर्छ'(भिडियाे)


काठमाडौँ
– नेपाल वातावरण पत्रकार समूहले पछिल्लो समय तराईमा देखिएको बाढी तथा डुबानको समस्याको विषयमा छलफल कार्यक्रमको आयोजना गरेको छ।

शुक्रबार काठमाडौँमा आयोजित बाँध, बाढी र डुबान विषयक हाकाहाकी बहसमा बौल्दै सहभागीहरूले डुबान नेपालको मात्र समस्या नभएकाले भारतले यसलाई गम्भीर रुपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, पूर्व जलश्रोत तथा उर्जामन्त्री दिपक ज्ञवाली, भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय, सिंचाई विभागका उपमहानिर्देशक प्रदिप थापा लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले बाढी तथा डुबानको विषयमा नेपालले भारतसँग कुटनीतिक छलफल गरिरहेको जानकारी दिए।

त्यसैगरी पूर्व उर्जामन्त्री ज्ञवालीले भारतले नेपाली सीमामा बाँध शैलीमा निर्माण गरेकोे सडकले नेपाली भूभाग डुबानमा परेको र यसले नेपाललाई मात्र नभई भारतलाई पनि दीर्घकालिन असर गर्नेमा भारतले सोच्नुपर्ने धारणा राखे।

Facebook Comments