चितुवाको छालासहित दुई जना पक्राउ

कैलाली– चितुवाको २ थान छालासहित दुई जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–२ अत्तरिया बजारस्थित डेलिसेस होटेलबाट चितुवाको छाला २ थान सहित चुरे गाउँपालिका–१ निगाली बस्ने ३२ वर्षीय रामबहादुर बिष्ट र डोटी गढी केदार गाउँपालिका–५ भैरा बस्ने २३ वर्षीय राजेन्द्र थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त होटल जाँच गर्ने क्रममा कोठा नम्बर १ सय ११ मा बसेका उनीहरुलाई उक्त परिमाणको छाला सहित पक्राउ गरेको प्रहरी प्रधान कार्यलयले जानाएको छ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ।

Facebook Comments