भालुको छाला, पित्त र दाँतसहित ३ जना पक्राउ

रुपन्देही– भालुको एक थान छाला, दुई थान पित्त र दुई थान दाँतसहित तीन जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनबिर बिक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेको प्रहरी प्रधान कार्यलयले जनाएको छ।

प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

Facebook Comments