भारतको केरलामा बाढीका कारण ८८ जनाको मृत्यु

केरला– भारतको केरला राज्यका १४ जिल्लामा बाढीका कारण मंगलबारसम्ममा कम्तीमा ८८ जनाको मृत्यु भएको छ।

स्थानीय सरकारी अधिकारीहरुले बाढीमा परेर अहिलेसम्म ४० जना हराइरहेका पनि जानकारी दिएका छन् । यो विवरण मङ्गलबार विहान ९ बजेसम्मको हो।

यस प्राकृतिक प्रकोपमा परेर ३४ जना घाइते भएको भारतिय सञ्चार माध्यमहरूले जनाएका छन्।

केरला राज्यका जिल्लाहरुमा गत केही दिन ठूलो बर्षा भएको थियो। वर्षासँगै आएको बाढीले ठूलो जनधनको क्षति भएको छ।

राज्यका १४ जिल्लामध्ये सबैभन्दा धेरै मानवीय क्षति मालापुरम जिल्लामा भएको छ। पछिल्लो विवरण अनुसार मालापुरम जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २९ पुगेको छ।

बाढीका कारण विस्थापित भएकाहरुलाई केरला राज्यभरी रहेका १३ सय ३२ शिविरमा राखिएको छ।

Facebook Comments