यी हुन दूषित पानी उत्पादन गर्ने ६२ उद्योग

काठमाडौँ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशभरका दूषित पानी उत्पादन तथा विक्री वितरण गर्ने ६२ पानी उद्योगलाई कारवाही गरेको छ।

विभागले २०७५ साउन देखि २०७६ असार ४ गते सम्ममा न्यून गुणस्तरको, दूषित पानी उत्पादन तथा विक्री वितरण गर्ने, ऐन नियम विपरित सञ्चालित उद्योग तथा लेवललगायत विवरण नमिलेका र निर्देशिका उलंघन गर्ने ६२ पानी उद्योगलाई कारवाही गरेको हो।

विभागले उपलब्ध गराएको सूची अनुसार माता सरस्वती खानेपानी प्रा.लि कागेश्वरी मनहरा, पञ्च वेभरेज प्रा.लि बनेपा–५, गंगा खानेपानी उद्योग गोकर्णेश्वर–३, सुधा जल उद्योग प्रा.लि सर्लाही र सगरमाथा फुड एण्ड वेभरेज प्रा.लि सर्लाहीले दूषित पानी उत्पादन तथा विक्री वितरण गर्दै आएको पाइएको छ।

त्यसैगरी दूषित पानी उत्पादन गर्नेमा आइसल्याण्ड ड्रप, ॐ जल उद्योग, दुवाल ब्रदर्श प्रा.लि नुवाकोट, शुभ वेभरेज ई प्रा.लि, नारायण पेय जल उद्योग सिरहा, श्री जल उद्योग विराटनगर–१३, गोमारानी उद्योग विराटनगर–४, पुजा फुड एण्ड वेभरेज प्रा.लि विराटनगर–६, जोनसन जल उद्योग विराटनगर–१४, मंगलम वेभरेज उद्योग विराटनगर–१० र शितल जल उद्योग विराटनगर रहेका छन्।

तिरुपति जल उद्योग विराटनगर–२, शुभ जल उद्योग बुढीगंगा–१ मोरङ, हाईकल जल उद्योग, गंगा जल उद्योग विराटनगर–८, दिव्यश्री जल उद्योग विराटनगर–१२ र माउण्टेन वाटर इण्डष्ट्रिज विराटनगर–९ले पनि दूषित पानी उत्पादन तथा विक्री वितरण गर्दै आएको पाइएको छ।

विभागका अनुसार बोलबोल प्योर ड्रिकिङ वाटर पर्सा, श्री कृष्ण वेभरेज काठमाडौँ, अगम वेभरेज इण्डष्ट्रिज, कृष्ण ढकाल (डि एस एम मिनरल) वाटर इण्डष्ट्रिज, दुर्गा भवानी मिनरल एण्ड वेभरेज झापा–१०, पशुपती टेन्ट एण्ड होटल दमक–१३, जय दुर्गा मिनरल वाटर उद्योग पोखरा, श्री बाबा जल उद्योग सुन्दरहरैंचा–४, क्लान अक्वा इण्डष्ट्रिज केराबारी–९ र एस एस एस जल उद्योग विराटनगर–१२ले न्यून गुणस्तरको पानी उत्पादन तथा विक्री वितरण गर्दै आएका छन्।

निर्देशिका उलंघन गरी सञ्चालन भइरहेका जे एस सी वाटर इण्डष्ट्रिज नेपालगञ्ज, पशुपति ड्रिकिङ वाटर इण्डष्ट्रिज नेपालगञ्ज, पञ्चकन्या ड्रिकिङ वाटर इण्डष्ट्रिज नेपालगञ्ज, श्री महालक्ष्मी मिनरल एण्ड वेभरेज प्रा.लि बाग्लुङलाई पनि विभागले कारवाहीका लागि सिफारिस गरेको छ।

गोरखा वेभरेज प्रा.लि जोरपाटी ऐन नियम विपरित सञ्चालनमा भएकाले सो उद्योगलाई पनि कारवाही गरेको विभागले जनाएको छ। बन्दिपुर स्प्रीङ वाटर एण्ड वेभरेज बन्दिपुर तनहुँ, बानियाँ तरकारी पसल डुम्रे तनहुँले लेवल नमिलाई पानी उत्पादन गर्दै आएकाले उनीहरूलाई विभागले चेतावनी दिएको छ।

प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४मा प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामाग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार सफा गर्ने कक्ष, बोटल, जार तथा पुनःप्रयोग गर्ने जार भण्डारण गर्ने कक्ष तथा प्रयोगशालाको लागि छुटाछुटै स्थानको व्यवस्था हुनुपर्ने उल्लेख छ।

सो बमोजिम सञ्चालन नभएका माथि उल्लेखित उद्योगहरू विरुद्ध सम्बन्धित जिल्लामा मुद्दा दर्ता गराइएको र जिल्ला अदालतले कानून बमोजिम कारवाही गर्ने विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए।

Facebook Comments