पत्रपत्रिकामा आजः मुख्य मन्त्रीको जिल्लामा ७९ सडकलाई बजेट, बालुवा तस्करको डरलाग्दो सेटिङ

बिहिबार, साउन ३०, २०७६

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

-आजको कान्तिपुरमा मुख्य मन्त्रीको जिल्लामा ७९ सडकलाई बजेट भन्ने शीर्षकमा घनश्याम गौतमको समाचार छापिएको छ। समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश ५ सरकारको बजेटमा पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रीले पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका छन् ।

-खाडलमा पर्दै छन् श्रमिक भन्ने शीर्षकमा कृष्ण थापा, हरिहरसिंह राठौरको समाचार छापिएको छ। नुवाकोट र धादिङका त्रिशूली, कोल्पुखोला, गल्छी, बैरेनी, चिरौंदी, बेल्खु, जहरेखेत, बन्सेटार, पोखरे, गलौंदीलगायत नदीरखोलामा बालुवा झिक्ने क्रम तीव्र भएको छ । बालुवा झिक्न बनाइएका ठूल्ठूला खाल्डामा डुबेर बर्सेनि थुप्रैको ज्यान गइरहेको छ । खोला किनारमा राखिएका क्रसर उद्योगहरु नवीकरण नभए पनि खुलेआम सञ्चालन भइरहेका छन् ।

अन्नपूर्ण पोस्ट
-आजको अन्नपूर्ण पोस्टमा बालुवा तस्करको डरलाग्दो सेटिङ भन्ने शीर्षकमा मनीष दुवाडीको समाचार छापिएको छ। गत शनिबार धादिङको गजुरी गाउँपालिकाको ६ ठुलीफाँटस्थित दरियाँल खोलामा अवैध बालुवा निकालेको खाल्डोमा डुबेर दुई युवकको ज्यान गयो। बालुवा तस्करको अवैधानिक कामले गाउँका दुई युवाले ज्यान गुमाउनुपरेपछि स्थानीय आक्रोशित भए। स्थानीयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), गाउँपालिका प्रमुख, जिल्लाका प्रहरी प्रमुख घटनास्थलमै उपस्थित हुनुपर्ने, अवैध उत्खनन गर्नेलाई कारबाही गरी तत्काल खोला दोहन बन्द गर्नुपर्ने, मृतकलाई राहत उपलब्ध गराउनुपर्नेलगायत माग राखेर प्रहरीलाई घटनाको मुचुल्का गराउनसमेत दिएनन्।

नागरिक
-आजको नागरिकमा मन्त्री नै ठेकेदार, सडक अधुरा भन्ने शीर्षकमा नगेन्द्र उपाध्यायको समाचार छापिएको छ। सम्झौता अनुसार काम भएको भए पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाअन्तर्गत पर्ने सुवाघाट–टुँडीखेल जोड्ने सडक गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न भएर गाडी सञ्चालन भइसक्थे। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २५ किलोमिटर यो सडक निर्माणको जिम्मा लुम्बिनीरएमकेरलोहनी जेभी काठमाडौंले लिएको थियो। गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनुपर्ने सडकको भौतिक प्रगति २१ प्रतिशत मात्रै छ।

Facebook Comments