आजको मौसम: मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ– देशका अधिकांश स्थानहररूमा आइतबार सामान्य बदली रही पूर्वी र मध्य क्षेत्रका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापिय रेखाऔसत स्थानको आसपासमा र भारतको उत्तरपूर्वी राजस्थान तथा हरियानातिर रहेकाले देशका अधिकांश स्थानहरूमा सामान्य बदली रही पुर्व र पश्चिमका एक दुइ स्थानमा हल्का देखी मध्यम वर्षा भइरहेको हो।

त्यस्तै सोमबार र मंगलबार देशका अधिकांश स्थानहरुमा सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा देशको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहितको वर्षा हुने सम्भावना रहेको बताइएको छ।

देशको पहाडी भूभागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकोले पहाडी भूभागमा यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Facebook Comments