सोनाहको वैकल्पिक पेशा बन्यो होमस्टे

नेपालगञ्ज –सोनाहहरूको परम्परागत पेशा संकटमा परेपछि राजापुर नगरपालिकाले सोनाहहरूको जीविकोपार्जन सुधारका लागि होमस्टे सुरुवात गरेको छ। पहिलेको जस्तो माछा नपाइने भएकाले घरधन्दा चलाउन पनि गाह्रो, दिनभरी माछा मार्ने, सुन चालेर कमाएको पैसाले उनीहरूको घर र जीवन नचल्ने भएपछि राजापुर नगरपालिका–१ मुरगहवामा थारु तथा सोनाह होमस्टे संञ्चालनमा आएको छ।

‘सोनाहहरूको परम्परागत पेशा संकट तथा माछाको घट्ने समस्या’ विषयक पानी छलफल कार्यक्रममा बोल्दै सोनाहा विकास समाजका अध्यक्ष शान्ती सोनाहा भन्छन् –“बर्दिया राष्ट्रिय निकुञ्जले माछा मार्न, सुन चाल्न रोक लगाएदेखि हामीलाई हाम्रो दैनिकी गुजारा गर्न धौ धौ भएको छ, यस समस्याको समाधानका लागि हामी वैकल्पिक रोाजगारीका लागि होमस्टे पेशा अंगालेका छौँ।”

सोनाह भन्छन्, ‘अट्याच बाथरुमको व्यवस्था नभएको हुनाले होमस्टेमा आएका पाहुनाहरू फर्कने गरेका छन्।’ नेपाल अधिराज्यभरी हेर्ने हो भने सोनाहाहरूको बसोबास पश्चिम नेपालको बर्दिया, कैलाली र कञ्चनपुरमा रहेको पाइन्छ। २०७५ सालमा सोनाहविकास समाज बर्दियाको सहयोगमा लिएको तथ्याङ्क अनुसार जम्मा ११७२ जना रहेको पाइन्छ भने राजापुर नगरपालिका वडा नं १ मुरगहवामा ५७ घरधुरी र गेरुवा गाँउपलिकाका विभिन्न वडाहरूमा ९२ घरघुरी रहेका छन्।

कार्यक्रममा बोल्दै स्थानीय सम्झना सोनाहले भनिन् –“माछा मार्न र सुन चाल्न गएको बेलामा बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारीहरूले सामग्री खोस्ने गर्छन्। हाम्रो पेशा संकटमा छ। हामीलाई जिविकोपार्जन गर्न आय आर्जनका लागि वैकल्पिक रोजगारीको व्यवस्था हुनुपर्छ, हामीलाई हाम्रो अधिकारबाट बञ्चित गराइएको छ ।” यी समस्याको समाधानका लागि स्थानीय निकायबाट सहयोगको माग सम्झनाले गरिन।

राजापुर नगरपालिका वडा नं. ९ का अध्यक्ष विष्णु प्रसाद चाौधरी भन्छन् –‘११ वटा मुलमुहानहरू मध्ये ३ वटा जीर्ण अवस्थामा रहेको छ । बुढी कुला राजापुर सिँचाई योजनाअन्र्तगत पर्दछ । टपरा, मनाऊ र खैरीचन्दनपुर मुलमुहान हुन्। यी ३ वटा मुलमुहानको समितिले गेरुवा गाँउपालिकाको १ नं वडा लालमातिदेखि गेरुवा कुलासम्म कुला खनेर लगेको भने, जलउपभोक्ता समितिको सहकार्यमा कुलाखन्न सफल भएको अध्यक्षले बताए।’

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय थारु तथा सोनाहहरूको जमिन, नदी तथा बगरमा परिवर्तन भएको छ, एकातिर बर्दिया राष्ट्रिय निकुञ्जले नदीको पश्चिमकिनारालाई आफ्नो जमिनको रुपमा दाबी गर्ने भएकाले स्थानीयहरूले आफनो जमिन समेत उपभोग गर्न पाएका छैनन्।

पानी छलफलमा स्थानीय सहभागीहरूले उठाएको सवालका जवाफ राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरी, वडा नं ३ का अध्यक्ष विष्णु प्रसाद खनाल, वडा नं ९ काअध्यक्ष विष्णु प्रसाद चौधरी, वडा नं १ का निर्वाचित दलित सदस्य भारती वि.क. र गेरुवा गाँउपालिका उपाध्यक्ष हेमाकुमारी चौधरीले दिएका थिए।

गेरुवा गाँउपालिका उपाध्यक्ष, हेमाकुमारी चौधरीले भनिन् –“नेपालकै नमुना सोनाहा बस्ती बनाउनका लागि गेरुवा गाँउपालिका वडा नं १ सरखोलमा २३ घरधुरी सोनाहा तथा थारु समुदायको नमुना बस्ती निर्माण गर्दैछौँ । जनता अवास कार्यक्रम अन्र्तगत गेरुवा गाँउपालिका र संघीय सरकारसँगको सहकार्यमा नमुना बस्ती निर्माण गर्न जुटेका छौ ।” सोनाहहरूको जीवन एकदमै संकटमा रहेको हुनाले माछा मार्ने र सुन चाल्नमा मात्रै सीमित नभएर आय आर्जनका लागि वैकल्पिक पेशा रोज्नुपर्ने आवश्यकता रहेको चौधरीले भनिन्। नदीजन्य स्रोतमै आधारित ३ अतिविपन्न परिवारलाई समेत सहयोग गरेको बताइन्।”

नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको पानी छलफल कार्यक्रममा बोल्दै राजापुर नगरपालिका नगर प्रमुख एवं प्रमुख जवाफदेही वक्ता–शिव प्रसाद चौधरी भन्छन् –“संरक्षण विरोधी होइनौ तर विकल्प पनि हुनुपर्छ” होमस्टे संञ्चालनको प्रस्ताव आइसके पछि सोनाहा समुदायकै पछाडि पारिएका समुदाय भएका कारणले उनीहरूको सीप, कला, परम्परालाई संरक्षण, सम्वद्र्धन गर्नका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको चौधरीले बताए।

लक्षितवर्ग अन्र्तगतको प्रत्यक्ष लाभका लागि राजापुर नगरपालिकाले आय आर्जनका लागि १ महिने व्यवस्थापन तालिम १५ जनालाई प्रदान गरेको छ भने आर्थिक वर्ष ०७६।०७७मा लक्षित वर्ग कार्यक्रम अन्र्तगत दलित, अति गरिब, जनजाती, सोनाहहरूलाई पशुपंक्षी तालिम र चल्ला वितरणका लागि २ लाख ५० हजार बजेट विनियोजन भएको छ । यसले गर्दा सोनाहाहरूको, संस्कृती, परम्परा पनि संरक्षण हुन्छ भने जिविकोपार्जन को आधार पनि हुन्छ, नगर प्रमुख भन्नुहुन्छ, हामी सँग सीमित स्रोत साधन भएका कारणले सोनाहाहरूको माग पुरा गर्न सकेका छैनौ तर केही मागहरू भने आवश्य नै प्राथमिकतामा राखेको नगर प्रमुखले बताए।

कर्णाली नदीको कटानलाई न्यूनीकरण गर्नका लागि कर्णाली नदी व्यवस्थापन आयोजनामार्फत अति जोखिम क्षेत्रहरूमा तटबन्ध भइसकेको छ। नदी व्यवस्थापन गर्नका लागि राजापुर नगरपालिकाले बुढी कुलामर्मत गर्नलाई ३० लाख बजेट विनियोजन भएको, साथै प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत विभिन्न वडाहरूमा जैविक तटबन्ध, वृक्षरोपण भएको छ ।
कार्यक्रममा बोल्दै पानी परियोजनाको कर्णाली नदी बेसिनका टिम लिडर भुपेन्द्र शाहीले भने –‘राजापुर नगरपालिकाको अनुरोधमा पानी परियोजनाको सहयोगमा जलीय जैविक विविधता संरक्षण ऐन, कानुन निमार्णमा सहयोग गर्ने शाहीले बताए।’

तसर्थः सोनाह समुदायको परम्परागत पेशा संस्कृतिलाई प्रवद्र्धनका लागि राजापुर नगरपालिका तथा गेरुवागाँउपालिकाले अवसर, सम्भावनाहरू हेरी योजनाहरू अगाडि बढाएको पाइन्छ। सोनाहहरूको क्षमता विकासका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू मार्फत सहकार्य गरी भिन्नभिन्न किसिमको क्रियाकलापहरू अगाडि बढाउने योजना रहेको छ।
युएसएडको आर्थिक सहयोगमा पानी परियोजना अन्तर्गत नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको “पानी” छलफल कार्यक्रममा सोनाहा जातिको परम्परागत पेशा संकट तथा माछाको घट्ने समस्या, नदीव्य वस्थापनका विषयमा छलफल भएको हो। पानी छलफलमा स्थानीय निकायका जनप्रतिनिधिहरू लगायत सरोकारवालाहरूले आ–आफनो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन्।

तल्लो कर्णाली जलाधार राजापुर नगरपालिका बार्दियामा भएको “पानी” छलफल राजापुर नगरपालिकाको नयाँ भवनमा सम्पन्न भएको हो। नेपाल वातावरण पत्रकार समूहका प्र्राविधिक निर्देशक चन्द्रकान्त पण्डितको अध्यक्षता गरेका थिए।

कार्यक्रममा राजापुर नगरपालिका प्रमुख गेरुवा गाँउपालिका उपाध्यक्ष, वडा अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि, इलाकाप्रहरी कार्यालय, फेकोफन, नगर वनमहासंघ, सामुदायिकवन, सु–आहारा, नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम, सोनाहा विकास समाज, स्थानीय पत्रकार, पानी परियोजना लगायतका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

उक्त छलफलमा ३० भन्दा बढी सहभागी रहेका थिए । छलफलले सोनाहा जातीका क्षमता अभिवृद्धि, आयआर्जनका लागि पहिलो प्राथमिकता दिने गरि पुनः४ बुँदे प्रतिबद्धताहरू अनुमोदन गरेको छ।

प्रतिबद्धताहरूः

  • स्थानीय स्तरमा भएका अवसरहरूमा सोनाहा समुदायलाई पहिलो प्राथमिकता दिने र सीप, तालिम तथा रोजगारी जस्ता विषयमा सोनाहा तथा पछाडि पारिएका समुदायलाई जानकारी गराउने वा सहजीकरण गर्ने।
  • गेरुवा तथा सत्तिघातमा नदीको बहाव समान रुपमा व्यवस्थित गर्न पहल गर्ने।
  • प्रजनन् अवधिभर कर्णाली नदीमा माछा मार्ने रोक लगाउने।
  • बर्दिया राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको सम्बन्ध सुमधुर पार्नका लागि गेरुवा गाँउपालिका र राजापुर नगरपालिकाले सहकार्य गर्नमा मद्दत गर्ने।
Facebook Comments