जिराफ संरक्षणमा महत्वपूर्ण कदम, अंगको व्यापारलाई नियमन गर्ने प्रस्ताव

काठमाडौँ – जिराफको संरक्षणमा एक महत्त्वपूर्ण कदम चालिएको छ। यस अगाडि जिराफका विभिन्न अंगहरूको व्यापारमा कुनै पनि नियमन थिएन्। अब यसलाई नियमन गर्ने कानूनी संरचनाको निर्माण हुँदैछ।

लोपोन्मुख प्रजातिका वन्यजन्तु तथा अन्य प्राणीहरूको अन्तर्राष्ट्रिय सन्धी जसलाई छोटकरीमा साइटिस भनिन्छ, सो निकायले जिराफ र त्यसका विभिन्न अंगहरूको व्यापारलाई नियमन गर्ने प्रस्ताव अगाडि सारेको छ । केही मुलुकले यो नयाँ नियमको विरोध गरेपनि बहुमत मुलुकले पनि यसलाई अनुमोदन गरेका छन् ।

गत ३० वर्षमा अफ्रिकामा जिराफको संख्यामा ४० प्रतिशतले कमी आएको छ जसलाई शान्त लोपोन्मुखको रुपमा वुझिएको छ । विशेषत मासुको प्रयोजनको लागि जिराफको हत्या गर्ने गरिन्छ तर यसका विभिन्न अंगहरू विभिन्न प्रकारका गहना, ब्रासलेट तथा पर्स बनाउनको लागि प्रयोग गर्ने गरिन्छ ।

सो प्रस्तावलाई चाड, केन्या, माली, नाइजेर, सेनेगल लगायतका मुलुकले ल्याएका थिए । यि मुलुकहरूको जिराफको संख्यामा पछिल्लो १ दशकमा भारी गिरावट आएको छ । तर जिराफको संख्या वृद्धि गरेका मुलुकहरू साउथ अफ्रिका, बोष्टवान, नान्जानिय लगायतका मुलुकले भने सो प्रस्तावको विरोध गरेका थिए । १०६ मुलुकले नियमनको पक्षमा र २१ मुलुकले नियमन गर्न नहुने पक्षमा भोट हालेका थिए । नयाँ प्रावधान अनुसार अब मुलुकहरूले आफूले आयात र निर्यात गर्ने सम्पूर्ण विवरण राख्नुपर्छ र निर्यातको लागि अनुमति समेत लिनुपर्छ ।

Facebook Comments