जलवायु परिवर्तनको असरः मानव स्वास्थ्यदेखि, कृषि र पानीको स्रोतसम्म

काठमाडौं । जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापन हो । जुन हरितगृहको परिणाम मानिन्छ । हरित गृह प्रभाव त्यो प्रकृया हो जसमा पृथ्वीको सतहसँग टकराएर फर्कने सूर्यका किरणहरूले वातावरणमा उपस्थित केही ग्याँसहरू अवशोषित गर्दछन्, परिणामस्वरूप पृथ्वीको तापमानमा बृद्धि हुन्छ ।

लेखक : डा केदार कार्की

कार्वनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रोजन अक्साइड, क्षोभमण्डलीय ओजोन ती मुख्य ग्याँस हुन् जुन हरित गृह प्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्याँसहरूको निरन्तर बढ्दो मात्राले वैश्विक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गएको छ ।

हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रको औसत तापमानमा बृद्धि भएको छ । वैज्ञानिकहरूको भविष्यवाणी अनुसार वर्ष २०२० सम्म दुनियाँको तापमान पछिल्लो १००० वर्षको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तनका सन्दर्भमा पैनलले वर्ष १९९५ मा भविष्यवाणी गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१ सौँ शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सियस सम्मको वृद्धि हुनेछ ।

बिसौँ शताब्दीमा विश्वको औसत तापमान ०.६ डिग्री सेल्सियससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ जस्ले यो सावित गर्दछ कि हरितगृह प्रभावको परिणामस्वरूप जलवायु परिवर्तनको बेला सुरु भइसकेको छ । वैश्विक जलवायु परिवर्तनका अनेकन् प्रभाव हुनेछन् जसमध्येबाट धेरैजसो हानिकारक हुनेछन् ।

वैश्विक जलवायु परिवर्तनका संभावित प्रभाव

जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार जलवायुमा तापनका कारण श्वास तथा हृदयसम्बन्धी रोगहरूमा बृद्धि हुनेछ । दुनियाका विकासशील देशहरूमा झाडापखाला, पेचिस हैँजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरो जस्ता संक्रामक रोगहरूको वृद्धि हुनेछ । किनकि रोग फैलाउने जीवाणुहरूको बिस्तारमा तापमान एवं वर्षाको महत्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिण पूर्व एसियामा लामखुट्टेबाट फैलने रोगहरू जस्तै मलेरिया, डेँगु, पहेँलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरी हुँदा मृत्युदरमा बृद्धि हुनेछ ।

यसबाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टे जनित रोगहरूको बिस्तार उत्तरी अमेरिका तथा युरोपका चिसा देशहरूमा पनि हुनेछ । हाम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेँगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले पुष्टि गर्दछ । मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसङ्ख्या विस्थापित हुनेछ जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । जलवायु परिवर्तनका कारण रोगाणुहरूमा बढोत्तरीका साथसाथै यिनका नयाँ प्रजातिहरू पनि विकसित हुनेछन् जसले बालिनालीको उत्पादनमा विपरीत प्रभाव पर्नेछ ।

रोगाणुबाट बालिनालीको सुरक्षा गर्न विषादीको मात्रामा बढोत्ती हुनेछ जसले गर्दा वातावणा प्रदूषित हुनुका साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ । वैश्विक जलवायु परिवर्तनको परिणामस्वरूप मनसुनी क्षेत्रको वर्षमा वृद्धि हुनेछ जसले गर्दा बाढी, भूस्खलन तथ भूिम अपरदान जस्ता समस्या पैदा हुनेछन् । पानीको गुणस्तरमा गिरावट आउने छ । वैश्विक जलवलयु परिवर्तनले जलश्रोतको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देशमा तथा दक्षिण पूर्व एसियाको जलश्रोतमा अधिकता हुनेछ जबकि मध्य एसियामा पानीको कमी हुनेछ ।

न्यून अक्षांश भएका देशमा पानीको कमी हुनेछ । जलवायु परिवर्तनका कारण ध्रुवीय क्षेत्रको हिउँ पग्लिनाले समुद्री जलस्तर एक्काइसौँ शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमीसम्म बढ्ने सम्भावना छ जसबाट आधिभन्दा बढी आवादी जुन समुन्द्रबाट ६० कि.मी. को दूरीमा अवस्थित छन् ती देशमाथि विपरीत प्रभाव पर्नेछ । बंगलादेशको गंगा–ब्रम्हपुत्र, डेल्टा, मिश्रको नील डेल्टा तथा मार्सलद्विप र मालदिवसहित अनेकौँ साना द्विपको अस्तित्व वर्ष २१०० सम्म समाप्त हुनेछ ।

वैश्विक जलवायु परिवर्तनको प्रभाव समुद्रमा पाइने जैविक विविधता सम्पन्न प्रबल भित्रीहरू (Coral reefs) माथि पर्नेछ जसलाई महासागरको उष्ण कटिबन्धीय वर्षा पनि भनिन्छ । समुद्री पानीमा उष्णताको परिणमस्वरूप ब्निबभहरूमा प्रतिकूल प्रभाव पर्नेछ जसले कि प्रबल भित्रीहरूलाई भोजन तथा वर्ण उपलब्ध गराउँछन् । उष्ण महासागरमा विरञ्जन (Bleaching) प्रक्रिायको कारक हुनेछ जसले यी उच्च उत्पादकता भएका जीवलाई नष्ट गर्नेछ । प्रशान्त महासागरमा वर्ष १९९७ मा अलनिनोको कारण बहेको ताजको तीब्रता प्रवालहरूको मृत्युको सबैभन्दा गम्भीर कारण बनेको थियो । एक अनुमानका अनुसार पृथ्वीको लगभग १० प्रतिशत प्रवाल भित्रीहरूको मृत्यु भइसकेको छ । ३० प्रतिशत गम्भीर रूपले प्रभावित भएका छन् तथा ३० प्रतिशतको क्षरण भएको छ । ग्लोबल कोरल रिप मोनिटरिङ्ग नेटवर्क अष्ट्रेलियाको अनुमान अनुसार वर्ष २०५० सम्ममा सबै प्रबल भित्रीहरूको मृत्यु हुनेछ ।

जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ । संयुक्त राज्य अमेरिकामा बालिनालीको उत्पादकत्वमा कमी आउने छ जबकि अर्कोतिर उत्तरपूर्वी अफ्रिका, मध्यपश्चिम देशहरू नेपाल, पश्चिमी देश मेक्सीकोमा गर्मी तथा चिस्यानले गर्दा बालीनालीको उत्पानमा बढोत्तरी हुनेछ । वर्षा जलको उपलब्धताको आधारमा धानको क्षेत्रफल बढ्न सक्नेछ ।वातावरणमा ज्यादा ऊर्जाको संलग्नताले वैश्विक वायु पद्धति (Global wind pattern) मा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तन हुँदा वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिमा बढी वर्षा हुनेछ जबकी यसको विपरीत पारम्परिक कृषि हुने क्षेत्रमा कम वर्षा हुनेछ । यस किसिमको परिवर्तनले ठूलोमात्रामा मानवीय बसाइँ सराइलाई प्रोत्साहित गर्नेछ । जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनैतिक ढाँचालाई समेत प्रभाव गर्नेछ ।

वैश्विक जलवायु परिवर्तनका कारण बाढी, खडेरी तथा आँधी, तुफान, टोर्नाडो जस्ता प्राकृतिक आपदहरूको बृद्धिका कारण अन्न उत्पादनमा गिरावट आउने छ । स्थानीय खद्यान्न उत्पादनमा कमी, भोकमरी र कुपोषणको कारण बन्नेछ जसबाट स्वास्थ्यमा दीर्धकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रमा समुदायहरूबीच द्वन्द्व हुनेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिलाई अनुकुलनका लागि समयको आवश्यकता पर्दछ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकुलनको अभावमा तिनको मृत्यु हुनेछ ।

जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुद्रको तटीय क्षेत्रमा पाइने दलदली क्षेत्रका वनस्पतिमा पर्नेछ । ती वनस्पतिले तटलाई स्थिरता प्रदान गर्नुका साथसाथै समुन्द्री जीवहरूको प्रजननका लागि आदर्श स्थल प्रदान गर्छ । दलदली वन (Mangrove forest) जसलाई ज्वारीय वन पनि भनिन्छ जसले तटीय क्षेत्रहरूलाई समुद्री तुफानबाट रक्षा गर्ने काम पनि गर्दछ । जैविक विविधताको कारणले गर्दा पारिस्थितिक असन्तुलनको जोखिम बढ्नेछ ।

अब पनि जलवायुव परिवर्तनका बारेमा हामी सबैले सोचेनौँ भने भोलिका दिनमा पृथ्वीमा रहने सबै प्राणीहरुलाई असर पु¥याउने छ । यसका लागि देशैभरि वातावरण मैत्री कार्यक्रम युद्धस्तरमा सञ्चालन गर्न अपरिहार्य छ । जलवायु परिवर्तनमा धनी र औद्योगिक मुलुकहरूको मात्र योगदान छ, हाम्रो केही छैन, भन्दै यसको प्रभाव न्यूनीकरण गर्ने उपायको खोजीमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सक्दैन । नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म यस विषयलाई गम्भीरतापूर्वक लिने चेतना जागृत होस् । अहिलेलाई यतिमात्र भन्न सकिन्छ ।

Facebook Comments