मेलम्ची खानेपानीको ठेक्का शैलुङ कन्स्ट्रक्सनलाई

काठमाडौँ– शैलुङ कन्स्ट्रक्सन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको नयाँ ठेक्का पाएको छ।

डेढ अर्ब रुपैयाँमा विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले मेलम्ची खानेपानी आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो ।

सबैभन्दा कम रकम कबोलेका कारण शैलुङसँग मेलम्चीको पाइपलाइन विस्तारको काममा सम्झौता भएको जनाइएको छ।

३० महिनाभित्र काम सक्ने गरी शैलुङलाई उक्त ठेक्का दिइएको बताइएको छ । शैलुङले पाइपलाइन विस्तारको काम अघि बढाइसकेको छ।

Facebook Comments