भारतको विहारमा प्लास्टिक संकलन अभियान शुरू

विहार– भारतको विहारमा एक पटक प्रयोग भएका प्लास्टिक संकलन अभियान आजबाट शुरू गरिएको छ।

‘स्वच्छता नै सेवा’ भन्ने नाराका साथ बृहत जनचेतनासहितको अभियान शुरू गरिएको हो।

अक्टोबर एक तारिकसम्म सो अभियान निरन्तर चल्ने भारतिय सञ्चार माध्यम न्यूज अन एअरले जनाएको छ। विहारका सहरदेखि गाउँसम्म यो अभियान सञ्चालन हुने जनाइएको छ।

यस अभियान अन्र्तगत एक पटक मात्र प्रयोग भएको प्लास्टिकहरू संकलन गरिने र रिसाइक्लिङका लागि पठाइने छ।

यसअघि नै विहारमा प्लास्टिक जन्य वस्तुहरूमा प्रतिबन्ध लगाइ सकिएको छ। यस अभियानले प्लास्टिकलाई थप निरुत्साहित गर्न सकिने विश्वास आयोजकले लिएका छन्।

Facebook Comments