झापापछि चितवनमा चीनले दोस्रो औद्योगिक पार्क बनाउने

काठमाडौँ– नेपाल र चीनले चितवनमा एक भव्य औद्योगिक पार्क बनाउने तयारीलाई अगाडि बढाएका छन् ।

औद्योगिक उत्पादनको वृहत हव, प्रशोधन र अन्य सहयोगी सुविधानहरुलाई लक्षित गरेर सो पार्क बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।

अहिले भईरहेको कुराकानी सकारात्मक रुपमा अगाडि बढेमा यो दोस्रो औद्योगिक पार्क हुने छ । प्रधानमन्त्रीको गृहजिल्ला झापामा यतिबेला औद्योगिक पार्क निर्माणको काम धमाधम भईरहेको छ ।

चीनको सरकारी संचारमाध्यम सिन्हाका अनुसार पछिल्लो समय नेपालमा सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुक चीन हो । चितवन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला हो । सो समाचार संस्थाका अनुसार दाहालले सो औद्योगिक पार्क बनाउने तयारीको प्रशंसा गरेका छन् । उनले भनेका छन, ‘यो सातवटै प्रदेशमा विस्तार गर्न आवश्यक छ ।’

चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणका आउनु एक दिन अगाडि सो पार्क बनाउने उद्योगमन्त्री मातृकाप्रसाद यादवले घोषणा गरेका थिए ।

Facebook Comments