भू-क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्नेमा मन्त्री बस्नेतको जोड

काठमाडौँ– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू-क्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने बताएका छन् ।

भू-क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्ने उनले बताएका हुन्।

भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरूको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले

भूमियोग्य जमिनको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौं मानिसहरूको जीविकामाथि गम्भीर असर परिरहेको उल्लेख गरे ।

Facebook Comments