त्रिपुरेश्वरदेखि जमलसम्म वृक्षरोपण

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले त्रिपुेश्वरदेखि जमलसम्मको करीब २ किलोमिटर दुरीकाबीच पर्ने सडक खण्डको दुवै किनारामा वृक्षारोपण गर्न थालेको छ।

कपुरका बिरुवा रोपेर कार्यक्रम थालनी गरिएको हो। यो क्षेत्रमा करीब ५०० बिरुवा रोप्ने योजना भएको बताइएको छ।

महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बसोबासमैत्री सहर बनाउन महानगरले हरियाली बढाएको बताए।

उनले भने, ‘पार्क निर्माण तथा हरियाली प्रवर्धनकै लागि हामीले छिमेकी नगरहरुलाई पनि जनही १/१ करोड रुपैयाँ अनुदान दिएका छौं।’

आजको वृक्षारोपणको अग्रसरता महानगरको सहरी योजना आयोगले लिएको हो। अहिले वृक्षारोपण थालिएको क्षेत्रमा हरेक ३ मिटरको दुरीमा एउटा विरुवा रोपिनेछ।

यस अघि रोपिएको बिरुवालाई सँगै संरक्षण गरिने महानगरले जनाएको छ। महानगरको वातावरण व्यवस्थापन बिभागले ट्रि गार्डको व्यवस्था गर्नेछ।

Facebook Comments