देशभर फैलँदै डेंगु, ६३ जिल्लाका ५ हजार ९५ जना संक्रमित

काठमाडौँ– पछिल्लो समय देशभर प्रकोपको रुपमा रहेको डेंगुबाट ६३ जिल्लाका मानिस प्रभावित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्षको साउन १ गतेबाट डेंगु कारण ६ जनाको मृत्यु भएको छ भने ५ हजार ९५ जना संक्रमित भएका छन्।

डेंगुबाट काठमाडौँमा २, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १÷१ जना गरी ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। भदौ २४ गतेसम्मको तथ्यांक अनुसार प्रदेश १ मा ८ सय ३१ जना, प्रदेश २ मा ३९ जना, प्रदेश ३ मा ३ हजार १ सय २६ जना, गण्डकी प्रदेशमा ९ सय ७२ जना, प्रदेश ५ मा ९७ जना, कर्णाली प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना गरी मुलुकभर ५ हजार ९५ जना संक्रमित भएका हुन्।

कुन जिल्लामा कति ?
प्रदेश १ को झापामा ३ सय ३३ जना, मोरङमा ५४, सुनसरीमा ३ सय ५३, भोजपुरमा ४, उदयपुरमा ५३, धनकुटामा ५, इलाममा ४, संखुवासभामा ३, पाँचथरमा २२ जना डेंगुबाट प्रभावित भएका छन् ।

त्यस्तै प्रदेश २ को सप्तरीमा ७ जना, धनुषामा २ जना, महोत्तरीमा ३ जना, सर्लाहीमा ७ जना, बारामा १२ जना, पर्सामा ४ जना, रौतहटमा ४ जान गरी ३९ जनामा डेंगको संक्रमण देखिएको छ।

महाशाखाको तथ्यांक अनुसार काठमाडौँमा सबै भन्दा बढी मानिसमा संक्रमण देखिएको छ। काठमाडौँमा एक हजार एक सय ७० जना डेंगुबाट प्रभावित छन्।

त्यस्तै काभ्रेपलाञ्चोकमा ४, ललितपुरमा ३५, भक्तपुरमा ३३, धादिङमा १८, मकवानपुुरमा ७ सय ८२, चितवनमा १ हजार १ सय २८, नुवाकोटमा २, सिन्धुलीमाा ३, रामेछापमा २, सिन्धुपाल्चोकमा १, दोलखामा २ जनामा डेंगु देखिएको छ।
गण्डकी प्रदेशको गोरखामा ९, स्याङजामा ४७, कास्कीमा ७ सय १७, बाग्लुङमा ६, तनहुँमा ४०, पर्वतमा १०, लमजुङमा ८, मनाङमा १, म्याग्दीमा ४, नवलपरासी पूर्वमा ५६ जनामा संक्रमण भएको छ।

त्यसैगरी प्रदेश नं ५ को रुपन्देहीमा ५०, कपिलवस्तुमा ८, पाल्पामा ७, नवलपरासी पश्चिममा २, दाङमा ३, बाँकेमा ७, गुल्मीमा ५, अर्घाखाँचीमा ५, रोल्पामा १, प्यूठानमा ६, बर्दियामा ३ जना संक्रमित भएको महाशाखाले जनाएको छ।
कर्णाली प्रदेशको दैलेखमा २, रुकुम पश्चिमा १ गरी ३ जना र सुदूरपश्चिम प्रदेशको डोटीमा १ जना, कैलालीमा १५, दार्चुलामा ६, अछाममा १, कञ्चनपुरमा ४ जना गरी २७ जनामा संक्रमण देखिएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

कुन वर्ष कति ?
विगत ५ वर्षको तथ्यांक हेर्दा प्रत्येक वर्ष डेंगुको संक्रमण बढ्दै गएको छ । आर्थिक वर्ष २०७०/०७१ प्रदेश नं १ मा ८, प्रदेश नं २ मा १ सय १४ प्रदेश नं ३ मा १ सय ४१, प्रदेश नं ५ मा १३, र सुदूरपश्चिम प्रदेशमा २६ जना गरी ३ सय २ जना डेंगुबाट संक्रमित भएका थिए ।

त्यस्तै आर्थिक वर्ष ०७१/७२ मा प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १७, प्रदेश नं ३ मा ७५, गण्डकी प्रदेश्मा ८, प्रदेश नं ५ मा २४, र सुदूरपश्चिम प्रदेशमा ५ मा १ सय ३४ जना डेंगुको संक्रमिण देखिएको थियो ।

आर्थिक वर्ष ०७२/०७३ प्रदेश नं १ मा ४ सय १८, प्रदेश नं २ मा ४३, प्रदेश नं ३ मा ७ सय ८१, गण्डकी प्रदेशमा ३, प्रदेश नं ५ मा २ सय ४२, कर्णाली प्रदेशमा २३, र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी एक हजार पाँचसय २७ जनामा डेंगु देखिएको महशाखाको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी, आर्थिक वर्ष ०७३/०७४ प्रदेश नं १ मा ५ सय ४३, प्रदेश नं २ मा ६ सय ९, प्रदेश नं ३ मा ९५, गण्डकी प्रदेशमा २४, प्रदेश नं ५ मा ८ सय ३६, कर्णाली प्रदेशमा ३, सुदूरपश्चिम प्रदेशमा १ गरी २ हजार १ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो।

महशाखाको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४/०७५ प्रदेश नं १ मा १९, प्रदेश नं २ मा १२, प्रदेश नं ३ मा ६४, गण्डकी प्रदेशमा ५ सय ६८, प्रदेश नं ५ मा १ सय २०, कर्णाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा २७ गरी ८ सय ११ जना संक्रमित भएका थिए ।

आर्थिक वर्ष ०७५/०७६ प्रदेश नं १ मा ३ हजार १ सय ५२, प्रदेश नं २ मा १२, प्रदेश नं ३ मा १ सय २५, गण्डकी प्रदेशमा २६, प्रदेश नं ५ मा ९६, कर्णाली प्रदेशमा १, सुदूरपश्चिम प्रदेशमा १२ जना गरी ३ हजार ४ सय २४ जनामा डेंगुको संक्रमण देखिएको थियो।

Facebook Comments