साउदी आक्रमणः कच्चा तेलको मूल्य बढ्यो

साउदी अरब– साउदी अरबका तेल प्रशोधनस्थलमा दुईवटा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।

शनिवार ती आक्रमण भएपछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो। त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतलेले घटेको बीबीसीले जनाएको छ।

साउदी अरबको तेल उद्योगको केन्द्रमा भएका ड्रोन आक्रमणले संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र प्रभावित भएको छ।

साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो। उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ।

Facebook Comments